गज़ल :By, कोमल भट्ट


गज़ल :By, कोमल भट्ट

छिमेकीहरूले डसेका डस्यै छन्
सधैँ तीक्ष्ण छुरी धसेका धस्यै छन् ll

निजी स्वार्थ मात्रै छ नेताहरूमा
रिझाएर चिल्लो घसेका घस्यै छन् ll

भरौटे भए क्वै भुली देश भक्ति
गुमी साख कोही खसेका खस्यै छन् ll

चिनेनौॅ कसैले झुटा दुष्ट साथी
अँठ्याएर घाँटी कसेका कस्यै छन् ll

गरी नित्य पूजा चुमे पाउ उन्कै
बनि मूर्ख सारा फसेका फस्यै छन् ll

लडे आपसैमा सबै बन्धु हाम्रा
रमाएर वैरी बसेका बस्यै छन् ll

उनैको छ बाटो उनैको छ ताँती
भयो देश विर्ता पसेका पस्यैछन् ll

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com