गजल-By, कबिराज मगर
आँशुहरु सुके पनि अझै रुदैछु म
प्रिय तिमीबाट धेरै टाढा हुदैछु म ।
पबित्र यो बन्धन टुट्ने भयो अब
तिम्लाई छाडी सागर छुदैछु म ।
चाहाना हैन मेरो तिमीलाई छाड्ने
मिल्छ भने भेट्न आउ अझै ज्युदैछु म।
नियतिले यस्तै गर्यो लेखान्त नै हो कि
आँशु सगै अौषधीको घुट्को प्युदैछु म ।।
कबिराज मगर
दिप्लुङ १ केराबारी
खोटाङ