गजल By, कविराज मगर


गजल By, कविराज मगर

आकाश मुनि छहारीमा गरिबको बाँस हुन्छ
कैले भोको पेट खाई कैले आधा गाँस हुन्छ ।

टालटुल गरि लाको कोट पनि फाटे पछी
फ्याकिएको भोटो पनि उसलाई खास हुन्छ ।

कस्ले दिने माग्नु पनि बाँकी कुनै साहु हुन्नन
थाकी सक्छन मनहरु तर पनि आश हुन्छ  ।

बिचरा ती बाल बच्चा रुदै हुन्छन छटपटाउदै
भोको प्यास मेट्न नपाई कतिको त लास हुन्छ ।

किन हेला गरिबको साहारा बिना हुँदा पनि
गरिब पनि धनि जस्तै बाँचुन्ञेली सास हुन्छ ।।

कविराज मगर
दिप्लुङ १ केराबारी
खोटाङ

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com