उत्तर अमेरिकाको क्षेत्रीय उपसंयोजकमा शिवकुमार राईको उम्मेदवारी घोषणा

न्युयोर्क असोज २१,

बिजय थापा : गैरआवासीय नेपाली संघका अभियन्ता शिवकुमार राईले आगामी महाधिवेशनका लागि उत्तर अमेरिकाको क्षेत्रीय उपसंयोजक पदमा उम्मदेवारी घोषणा गर्नुभएको छ । 

लामो समयसम्म एनआरएन अमेरिकाको नेतृत्वमा रहनुभएका राईले आगामी कार्यकालका लागि उत्तर अमेरिकाको क्षेत्रीय उपसंयोजकमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो । नेपाली जातिको समृद्धि, पहिचान र सामाजिकरणका लागि गतिशील गैरआवासीय नेपाली भन्ने नाराका साथ उहाँले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो । 

उहाँले आफ्नो कार्यकालमा सामूहिक नेतृत्व, संस्थागत विकास, संस्थागत पारदर्शिता बनाउने प्रतिबद्धता जनाउनुभएको छ । यसैगरी, मातृभूमिको समृद्धि एवं बैदेशिक लगानी, पर्यटन प्रबद्र्धनलाई सशक्त बनाउने उहाँको प्रतिबद्धता छ । 

अति नै इमान्दार मानिएका राईले एनआरएन अमेरिकाको नेतृत्व तहसम्म आइपुग्दा विभिन्न पदमा बसी काम गर्नुभएको थियो । यसका साथै, नेपाली समुदायमा उहाँले खेलेको भूमिकाको अहिले पनि प्रशंसा गर्ने गरिन्छ । एनआरएनका अभियन्ता र नेपाली समुदायका अगुवाको आग्रह अनुसार आफू उम्मेदवार बनेको राईले बताउनुभयो । 
आफ्नो जित सुनिश्चित रहेको भन्दै उहाँले सहयोगका लागि सबैमा अपिल समेत गर्नुभएको छ । उहाँको उम्मेदवारीलाई नेपाली जनसम्पर्क समिति, प्रवासी नेपाली मञ्च, आदिबासी जनजाति महासंघ लगायतका सामाजिक संघसंस्थाले पनि समर्थन जनाएका छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com