कविता : ' आत्महत्याको योेजना '


कविता : ' आत्महत्याको योेजना '

तिम्रो मुस्कानको पासो बनाएर
तिम्रै परेलीनेर
मैले
मेरो आत्महत्याको योजना बनाएकोछु ।
मेरो जीत त थिएन नै,
मेरो हार पनि स्विकार गरीनौ ।
कति पल्ट तिम्रो आँखा गीत बने,
कतिपल्ट तिम्रो भाखा गजल बने ।

माफ गर ,
मैले एकल सपनाहरु देखें
तिम्रो आँखाको
तिम्रो भाखाको
निरमाया,
मैले आत्महत्याको योजना बनाएकोछु ।
तिम्रै फैसलाको स्वर्णीम दरबार नेर
तिमै्र मिठो सपनाको घरबार नेर ।

जस बेखर्ची 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com