खोलेसिमलमा रक्तदान

शिशिर सिंखडा रत्ननगर १६ असोज ,

सुरक्षित बचत तथा ऋण सहकारी संस्था लि. कालिका नगरपालिका–६, खोलेसिमलको ८औं बार्षिक साधारण सभाको अवसरमा विगतका बर्षहरुमा जस्तै आज रक्तदान कार्यक्रम भएको छ ।

संस्थाका अध्यक्ष द्रोण प्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी चितवनका मन्त्री ज्ञानशाली न्यौपाने, जुटपानी सभापति गणेश शर्मा पौडेल, कार्यक्रम संयोजक रामकृष्ण लम्साल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा १०४ जना रक्तदाताले रक्तदान गरेका थिए ।


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com