खाजा कार्यक्रम मार्फत आर्थिक सहयोग

सौराहा १५ असोज,

सौराहामा रहेको सपना भिलेज सोसियल इम्प्याक्टले आज शुक्रवार खाजा कार्यक्रमको लागि तीन वटा विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।

आज सौराहामा आयोजित कार्यक्रममा चित्रसारी मावि,मालपुर मावि र गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई आर्थिक सहयोग गरेको हो । चित्रसारी माविलाई २० हजार ३ सय ४९,मालपुर माविलाई १६ हजार ३ सय ५९ र चेपाङ संरक्षण केन्द्रलाई २५ हजार सहयोग गरेको हो ।

इम्प्याक्टका अध्यक्ष धु्रव गिरीले चित्रसारी माविका प्रधानाध्यापक सुर्य प्रसाद लामिछाने,मालपुर माविका कृष्णदत्त पौडेल र केन्द्रका अध्यक्ष केपिकिरण शर्मालाई उल्लेखित रकमको चेक हस्तान्तरण गर्नुभएको थियो । सोसियल इम्प्याक्टले विगत दुई बर्ष देखि दुई वटा विद्यालयका शिशु कक्षामा अध्ययनरत विद्यार्थीहरु र केन्द्रमा आश्रित चेपाङ वालवालिकाहरुलाई खाजा खुवाउदै आएको छ ।

केन्द्रलाई प्राप्त भएको २५ हजार रुपैया मध्ये ५ हजार रुपैया केन्द्रमा आमाको रुपमा कार्यरत दिलमाया परियारलाई असोज महिनाको तलव स्वरुप र बाँकी रहेको २० हजार रुपैयाले वालवालिकालाई दिउसोको खाजा खुवाईने इम्प्याक्टका अध्यक्ष गिरीले बताउनुभयो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com