सामाजिक कलंकका कारण कोरियाली महिला बच्चा त्याग्छन्

फोटो, फाइल...
एजेन्सी असोज १८,

दक्षिण कोरियामा पछिल्लो दशक अविवाहित आमाहरुले सन्तान जन्माएर फाल्ने क्रम बढ्दो छ । असुरक्षित यौन सम्पर्र्क तथा यौन शिक्षाको अभावका कारण बच्चा जन्माएर फाल्ने प्रवृत्ति बढेको हो । 

यहाँ अविवाहित आमा हुनु भनेको एउटा लाजमर्दो विषय हो । तसर्थ यस्तो लाजमर्दाेबाट बच्न धेरै युवतीहरु अबैध रुपमा जन्मिएका बच्चा फालिदिन्छन् । यहाँ अर्काको सन्तान ग्रहण गर्नुलाई पनि एक प्रकारको समाजिक कलंकको रुपमा रुपमा लिइन्छ । फलस्वरुप ठूलो संख्यामा फालिएका कोेरियाली बालबालिकालाई पनि खासै ‘एडप्ट’ गरिदैन ।

३० वर्षीय युवती जीयोने ९ महिना कोखमा राखेको आफ्नो सन्तान त्याग्ने कठोर निणर्य गरिन् । यस निणर्यले उनलाई झन्डै आत्महत्याको बाटोमा पु–याएको थियो । उनको परिवारलाई भने उनले बच्चा जन्माएको अझै थाहा छैन् ।

दक्षिण कोरियाको कानूनमा जन्म दर्ता गर्नुपर्ने एउटा अनिवार्य व्यबस्था गरिएको छ । बच्चा जन्माउने आमालाई दिइने एउटा प्रमाणपत्रमा बच्चाको पनि अभिलेख राखिन्छ, जसलाई सम्भावित रोजगारदाताले समेत थाहा पाउने सम्भावना हुन्छ (बच्चा भएका आमाहरुलाई कोरियामा रोजगारीको अवसर न्यून हुन्छ ) ।
अधिकांश महिला अविवाहित आमाको रुपमा समाजमा चिनिन पनि चाहन्नन् । त्यही भएर उनीहरु गोप्य रुपमा सन्तान जन्माउछन् र बच्चा फालिदिन्छन् ।

बच्चा फाल्ने क्रम बढेपछि राजधानी सिउलबाट केही कलिोमिटर पर रहेको एक सहरका एक पादरीले ‘बेबी बक्स’ स्थापना गरेका छन्, जहाँ लगेर उनीहरुले सुरक्षित र अज्ञात रुपमा सन्तान छोड्न सक्छन् । तर कोरियामा अर्काे समस्या के छ भने सन्तान नभएका वा सन्तानको रहर भएकाहरु बेबी बक्सबाट सन्तान एडप्ट गर्न बिरलै आउँछन् ।

यौनको बारेमा खुलेआम कुरा गर्नु पनि दक्षिण कोरियामा अपराधको रुपमा लिइन्छ । त्यस्तै, विद्यालयमा दिइने यौन शिक्षा पनि अर्पाप्त छ । थोरै मानिसलाई मात्र यौन शिक्षाको बारेमा जानाकारी छ ।

सुजी नाम गरेकी एक किशोरी पहिलो यौन सम्पर्कमा नै गर्भवती भइन् । समाजमा यस विषयलाई गुपचुप राखेकी उनी अहिले के गरौं र कहाँ जाँउको अवस्थामा छिन् । उनी त केबल प्रतिनिधि पात्र मात्र हुन् । अबैध सम्बन्ध राख्ेर बच्चा जन्माउने र फाल्ने कोरियाली विकृतिले पछिल्लो समयमा महामारीको रुप लिएको छ ।

विवाहअघिको सेक्सपछि अविवाहित आमाको संख्या बढ्न थालेपछि एकल आमाहरुलाई सरकारले केही सहयोग पनि प्रदान गरेको छ । तर, विद्यमान सरकारी सेवा अपर्याप्त रहेको बताइन्छ । कोरियाली सरकारको एडप्सन सेवाका प्रमुख उन हङ सिनका अनुसार अविवाहित आमाले पर्याप्त सुविधाबाट बञ्चित छन् । ‘हाम्रो धारणा परिवर्तन गर्न त्यति सजिलो छैन् । अविवाहित आमा र उनीहरुका बच्चालाई समाजले एउटा कलंकको रुपमा हेर्छ । सरकारले उनीहरुलाई सहुलियत दिने हो भने समाजमा उनीहरुलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन हुन्थ्यो । ’

विगतमा अबैध तरिकाले जन्मिएका शिशुहरुलाई विदेशीले एडप्ट गर्दथे । विशेष गरी अमेरिकाकी महिलाले कोरियाली अविवाहित महिलाले फालेका सन्तान हेर्थे । तर, अमेरिकाका नागरिकले पाल्न नपाउने एउटा कडा कानून पारित भएपछि अहिले समस्या उत्पन्न भएको छ ।

अधिकांश कोरियाली अझै पनि सन्तान एडप्ट गर्न अनिच्छुक देखिन्छन् । १८ वर्ष पुग्ने बेलासम्म हजारौ बालबालिका टुहुरो गृहमा बस्नेछन् । (बिबिसीको सहयोगमा)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com