समय संगै बौद्ध मार्गि रितिरिवाज परिमार्जित

असोज २७,

राजेश रुम्बा लामा : समय संगै बौद्ध मार्गिहरु आफ्नो रितिरिवाजलाइ परिमार्जित गर्दै अघि बढ्न थालेका छन् | बौद्ध धर्मालम्बीहरु बिशेष त तामाङ्ग जातीहरु आफ्नो मरण र बिहे वर्तमान गर्दा बौद्ध धर्म ग्रन्थ अनुसार चल्न खोजेता पनि देशमा बिधमान कुरीति कु संस्कारका र चेतनाका अभाबका कारण अन्यौलमा रुमलिएको मात्रै थिएन बौद्ध धर्मको ठिक बिपरित दिशमा दौडी रहेका थिए |

समय काल संगै र चेतनाको विकास संगै यी जाती आफ्नो धर्म र जातलाई मध्यपन बाट अलग राख्नका निम्ति अघि बढिसकेको उदाहरणहरु प्रसस्त मात्रामा सुन्न र पढ्न पाइन्छ | त्यसैको उदाहरणका लागि केहि समय अघि मात्रै लुम्बिनी विकास कोषका कार्यक्रम संयोजक इमान सिंह मोक्तान,भाइ बिपी मोक्तान लागएतले आफ्नो हजुर आमाको घ्यावा,(किरिया) पुर्बी चितवन बिरेन्द्रनगर गाबिसमा रहेको साङ् छेवाङ् टासी बौद्ध गुम्बामा गरेकोले पनि पुस्टि गर्छ |

बिना कुनै काटमार र जाँड रक्सिको प्रयोग बिना नै किरिया बौद्ध धर्मअनुसार लामा गुरुहरुको र आफ्नो नाता गोताको बाग्लो उपस्थितिमा सम्पन्न भएको थियो | किन कि तामाङ्ग जातिले बिहे, छेवार (वर्तमान)मा मात्रै नभइ मरौ (मृत्यु हुँदा) मा पनि हजारौंको जाँड रक्सि र त्यसै गरि राँगा बोका,चेली पिच्छी बाख्रा काटेर आफ्नो कार्चे गर्ने गरिन थियो र अझै पनि बिधमान छ |

-'उहिले देखि बसालेको संस्कारलाई एकै पटक चटक्कै छाड्न र छोडाउन कहाँ सम्भब छ र ? गाउँले,छर छिमेकीले अनेक ब्यांगे गरे पनि आफु एउटा शिक्षक भएको नाताले परिवर्तन आफै बाट सुरवात गर्नु पर्छ भन्ने हेतुले दाइ (इमान सिंह मोक्तान) संग सल्लाह गरेर गुम्बामै किरिया गर्ने निधो गरेको हौँ र हामीले सोचें भन्दा राम्रो तरिकाले पबित्र स्थलमा हाम्रो कर्तब्य पुरा भो' भन्नु हुन्छ मृतक आइन्त्री माया तामाङ्गको नाति बिपी लामा |

चाहेको भए र पुरानै संस्कारलाई निरन्तर दिएको भए हामीले पनि लाखौं खर्च गरेर हाम्री मम (हजुर आमा)को किरिया आफ्नै घरमा गर्न सकिने थियौं,तर हामीले त्यो चाहेन र म आफै लुम्बिनी जहाँ शान्तिको अग्र दुत गौतम बुद्धको जन्म भएको थियो त्यहाँको कार्यक्रम डाइरेक्टर पनि भएको नाताले हाम्री मामको पुण्य कमाउने काम गर्दा कुनै पनि पशुको काटमार गरेर कमाएको पुण्य पनि गुमाउन चाहेन' भन्नु हुन्छ इमान सिंह मोक्तान पनि |

 पक्कै पनि प्रत्यक तामाङ्ग मात्रै नभए अन्य जाति जो बौद्ध धर्मालम्बी हरु छन् सबैले यसै गरि आफै बाट हत्या हिंसा र मधापन बिना नै आफ्नो कार्चे समपन्न गर्ने हो भने बौद्ध धर्मको सहि अनुसरण गरेको मात्रै हुने छैन फजुलमा हुने खर्च र अनावस्यक झैँ झगडा पनि हुने थिएन | मोक्तान दाज्यु भाइले आफ्नी मामको किरिया मात्रै गर्न भ्याएन उक्त गुम्बमै आफु समर्थित पार्टी नेकपा एमालेका नेता कार्यकर्ताको बाग्लो उपस्थितिमा औपचारिक श्रदान्जली सभा समेत गर्न भ्याएका थिए 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com