पेट्रोलियममा अनियमितता

बिष्णु बाबु जोशी रत्ननगर असोज १८,

रेडियो अर्पण डेस्क पूर्वी चितवनको रत्ननगरमा रहेको त्रिनेत्र पेट्रोल पम्पमा पेट्रोल बितरणमा अनियमितता देखिएको स्थानीय यूवाहरुले गुनासो गरेका छन् ।

आज त्रिनेत्र पेट्रोल पम्पमा पेट्रोलका लागि बुझ्न गएका यूवाहरुले बिना कुपन तेल बाँडिएको देखेपछि चितवनका प्रमुख जिल्ला अधिकारी बिनोदप्रकाश सिंहलाई फोन गरेर जिज्ञासा राखेका थिए । आफ्नो मौखिक आदेशमा पनि पेट्रोल बितरण गर्न सकिने र सर्बसाधारणलाई पेट्रोलका लागि अझै केहि दिन पर्खन भनेपछि यूवाहरु आक्रोशित हुँदै मिडियासमक्ष आएका थिए ।

प्रमुख जिल्ला अधिकारी बिनोदप्रकाश सिंहले निजी प्रयोजनका लागि आफ्ना आफन्तलाई पेट्रोल बितरण गरेको स्थानीय यूवा सुजन भट्टको आरोप छ । प्रमुख जिल्ला अधिकारी बिनोदप्रकाश सिंहले भने सर्बसाधारणलाई बितरण गर्ने तेल बितरण गरिसकिएको र प्रशासनको मातहतमा रहेको तेल प्रमुख जिल्ला अधिकारीको मौखिक तथा लिखित आदेशमा वितरण गरिने बताउनुभयो ।


आफूले पठाउने मौखिक तथा लिखित आदेशको आफूले सोहीअनुसार अभिलेख राख्ने गरेको प्रमुख जिल्ला अधिकारी सिँहले बताउनुभयो । यसअघि पनि प्रशासन मातहतमा रहेको पेट्रोलियम पदार्थको ब्यापक दुरुपयोग भैरहेको गुनासो सर्बसाधारणले गरेका थिए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com