वडाध्यक्षमा पुनः घिमिरे

शिशिर सिंखडा रत्ननगर १६,

असोज नेकपा एमाले रत्ननगर वडा नं. ८ को आज सम्पन्न सातौं वडा अधिवेशनबाट पुनः कमल बहादुर घिमिरे चयन भएका छन् । 

वडा कमिटीको उपाध्यक्षमा सुनिता श्रेष्ठ, सचिव कृष्ण बहादुर ढकाल, उपसचिव टंक प्रसाद पराजुली सहित २१ सदस्यीय कमिटी गठन भएको छ । 

नेकपा एमालेका केन्द्रिय सदस्य कृष्ण खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष जे.एन. थपलिया, रत्ननगर इञ्चार्ज नारायण वन, नगर संयोजक प्रेमनाथ दुवाडी, जिल्ला कमिटी सदस्य यादव प्रसाद पाठक, क्षेत्रीय अध्यक्ष कृष्ण कुमार डल्लाकोटी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com