सौराहा सामुदायिक पुस्तकालयको अध्यक्षमा परियार

सौराहा १६ असोज ,

होमनाथ सापकोटा : सौराहा सामुदायिक पुस्तकालयको आज सम्पन्न दोश्रो साधरण सभा तथा अधिवेशनले शेर बहादुर परियारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

११ सदस्यीय समितिको उपाध्यक्षमा ज्ञानेन्द्र कुमार विष्ट,सचिवमा वीरेन्द्र महतो,सह–सचिवमा बबिता चौधरी र कोषाध्यक्षमा सुजता विष्ट चयन भएका छन । समितिको सदस्यहरुमा शरद पाण्डे,योगेन्द्र अधिकारी,नन्द्रकुमारी सापकोटा,लीलादेवी चापागाई,देबकला भट्टराई र रामकृष्ण पराजुली चयन भएका छन ।अधिवेशनले मन्नुनाथ अधिकारी संयोजक रहेको तीन सदस्यीय लेखा समिति चयन गरेको छ ।

रिड नेपालका सल्लाहाकार बासु ढुंगाना प्रमुख अतिथि रहेको सो कार्यक्रममा गैंडा पर्यटन सहकारी संस्थाका अध्यक्ष शिरिलाल परियार,नारी चेतना बचत तथा ऋण सहकारी संस्थाकी लक्ष्मीदेवी अर्याल,मृगकुञ्ज बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष रोजनाथ पाठक,स्थानीय समाजसेवी कृष्णप्रसाद खतिवडा,डोमा पौडेल,झुवानी सामुदासिक पुस्तकालका कोषाध्यक्ष रामबाबु सापकोटा,सौराहा सामुदायिक पुस्तकालयकी व्यवस्थापक लक्ष्मी बिडारी लगायतले वोल्नुभएको थियो । उपाध्यक्ष ज्ञानेन्द्र कुमार विष्टको अध्यक्षतामा भएको सो कार्यक्रम सहचिव बबिता चौधरीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com