रत्ननगर अस्पतालमा जर्मनी स्काउटको सहयोग

रत्ननगर २७ असोज,

शिशिर सिंखडा:  पूर्वी चितवनको एक मात्र सरकारी अस्पताल रत्ननगर अस्पतालमा जर्मनीका स्काउट ग्रुपले अस्पतालको भौतिक निर्माणमा सहयोग गरेका छन ।

३० जनाका विदेशी टोलीले अस्पतालको भवन रंगरोगन,शौचालय निर्माण र अस्पतालको वार्डमा सरसफाई र कार्पेट
हालेका छन । उनीहरुले पानी चुहिने भवनको पुरे भागमा ट्रस हालेर जस्ताले छाउने काम गरेको अस्पताल विकास समितिका सदस्य देवेन्द्रकुमार श्रेष्ठले बताए ।

स्काउट ग्रुपका संयोजक जान ओलबरिचको नेतृत्वको टोलीले तीन हस्तादेखि यहाँ रहेर अस्पतालको विकासका लागि काम गरिरहेको उनले बताए । स्काउट ग्रुपले अस्पतालमा श्रमदान बाहेक १० लाख रुपैया सहयोग गरेका छन । कविलासको २ वटा विद्यालयको भवन बनाएका छन । ती भवन बनाउन उनीहरुले २० लाख रुपैया र श्रमदान पनि गरेका थिए ।

जर्मनी पत्रकार फविन भोगटेल,डक्टर पढदै गरेकी निकोला र विभिन्न पेशामा आबद्ध स्काउट समुहले नेपालमा आएर स्वयमसेवकको रुपमा सामाजिक काम गर्न पाउदा खुसी लागेको बताए । उनीहरुलाई शान्ति मेड नेपालकी अध्यक्ष डा.रुथ गोन्सेथले समन्वयकारी भूमिका निर्वाह गरेकी छन । विगत १ बर्ष देखि रत्ननगरमा रही डा.रुथले विरामीको उपचारका साथै निशुल्क औषधि समेत उपलब्ध गराउदै आएकी छन ।

हरेक दुई बर्षमा आउने गरेका स्काउट समुहले दुई बर्ष अघि पिठुवाको गुञ्जमान अस्पतालमा शौचालय,बाथरुम,पार्क निर्माण र विभिन्न प्रकारका भौतिक निर्माण समेत गरिदिएका थिए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com