स्मरण शक्ति गुमाएकाको उपचारका लागि नयाँ उपकरणको आविष्कार

एजेन्सी असोज १५,

वैज्ञानिकहरुले दिमागको एक अंशलाई विस्थापित गर्ने एउटा नयाँ उपकरण पत्ता लगाएका छन् । दिमागको कुनै अंश काम नलाग्ने गरी गम्भीर क्षति भएमा वा त्यसलाई विस्थापन गर्नु परेमा यो उपकरण सहयोगी सिद्ध हुने दाबी गरिएको छ ।

कुनै चोटका कारण स्मरण शक्ति गुमाएका मानिसहरुलाई पनि यस नयाँ अविश्कारले सहयोग मिल्नेछ ।
अविश्कार गरिएको विस्थापन गर्न मिल्ने अंग (उपकरण) मा संवाहकको एउटा अंश राखिएको हुन्छ जसलाई दिमागभित्र सुरक्षित रुपमा राख्न सकिन्छ । यस नयाँ उपकरण प्रयोगशालामा जनावरहरुमा राम्रो प्रयोग भएको तर अहिले मानिसमा परीक्षण गरिएको जनाइएको छ ।

एउटा नयाँ नियममा आधारित यस उपकरणको विकास युनिर्भसिटी अफ साउर्दन क्यालिफोर्नियामा गरिएको हो भने उत्तरी क्यालिफोर्नियाको एउटा स्वास्थ्य केन्द्रमा परीक्षण गरिएको हो ।

चेतनशिल विषय प्राप्त गर्नेवित्तिकै दिमागले एउटा जटिल विद्युतीय संकेतको रुपमा एउटा स्मरण सिर्जना गर्छ । त्यसपछि स्नायु संरचनाको विभिन्न भाग हुँदै यो स्मरण दिमागको मुख्य स्मरण केन्द्रसम्म पुग्ने गर्छ ।

भण्डारणका लागि अन्तिम क्षेत्रसँग नपुग्ने बेलासम्म संकेतमा परिर्बतन भइरहन्छ । दिमागको कुनै क्षेत्रमा कुनै क्षति भएमा सो संकेत परिर्बतन हुन बाट रोकिन्छ र दीर्घकालिन स्मरण नहने सम्भावना हुन्छ ।

सोही कारण डिमेन्सिया लगायतका बिरामीले विगतको सबै कुरा भुल्ने गर्छन् । त्यस्तै अल्जाइमरका रोगीहरुको हकमा भने धेरै पुराना कुरा मात्र सम्झिन्छन् किनकी दिमागमा क्षति हुनुअघिका कुरा सम्झिन्छन् । तर नयाँ कुरा पछिसम्म सम्झिन सक्दैनन् ।

नयाँ अविष्कार यी दुवै खालका बिरामीका लागि लाभदायी हुने प्रक्षेपण गरिएको छ। 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com