उत्कृष्ट एनआरएनमा सपिला राजभण्डारी घोषित

बिजय थापा ,काठमाडौँ असोज २६,

सोलिडारिटी ट्रष्ट नेपालले आज आयोजित “वेष्ट एनआरएन”  कार्यक्रममा रूसमा बसोबास गर्दै रुसमा बसोबास गर्दै आएकी गैर आवासीय नेपाली अभियन्ता सपिला राजभण्डारीलाई २०१४ को उत्कृष्ट गैर आवासीय बेस्ट एनआरएन घोषणा सहित सम्मान गर्यो ।

नेपालीका लागि नेपाली भन्ने भावमा प्रतिबद्ध हुदै स्वदेश र बिदेशमा नेपाली बिच र समर्पण लागि उक्त सम्मान राजभण्डारीलाई गरिएको हो । हात्तीगौडा  काठमाडौँमा स्थाई बसोबास घर भै रुसको मस्को बाट गैर आवासीय अभियानमा सक्रिय भएकी सपिलाले कम्प्युटर ईन्जिनीर्स ईन्जिनीरिंग तथा ब्यापार प्रसासनमा स्नाकोत्तर गरेकी छिन् ।

दुःख कष्ट, जोखिम वा विपत्तिमा परेका नेपालीको उद्धार गर्ने, नेपालीहरुको एकताका लागि सक्रिय भूमिका निर्वाह गर्ने, किर्तीमानी कायम गरी देशको इज्जत एवं गौरव बढाउने तथा नेपाली मात्रको सेवामा जुट्ने कुरामा उच्च योगदान पु¥याउने मध्येका उत्कृष्ट नेपालीलाई हरेक बर्ष सोलिडारिटी ट्रष्ट नेपालले समान गर्दै आएको छ ।

उक्त कार्यक्रम पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना भएको थियो भने माधव नेपालले उत्कृष्ट एनआरएनमा घोषित भएकी सपिला राजभण्डारी सम्मान गर्नु भएको थियो 

 प्रमुख अतिथि माधव कुमार नेपालले राजभण्डारी बधाई दिदै काम गर्ने मानिसको जहाँ पनि कदर हुन्छ ,समाज ले आफै खोज्छ र यस्ता व्यक्ति सम्मान हुन्छ  भन्नु भयो ।

वहाले मन्तब्य को क्रममा अब संबिधान बनि सकेको अवस्था छ र अब मुलुकले आर्थिक क्रान्ति को साथ अगाडी बढ्नु पर्ने कुरामा जोड दिनु भयो । संबिधान ज्यादै परिस्कृत र खारिएर आएको छ भन्दै लोकतान्त्रिक बिधि बाट पारित भएको विचार राख्नु भयो ।

सम्मानित हुने सपिला राजभण्डारीले भाबुक हुदै नेपाल कुल मिलाएर ४ बर्ष मात्र बसेको भन्दै नेपालमा आएर के गर्न सकिन्छ भन्ने जस्तो लागद्थ्यो भनिन सोलिडारिटी ट्रष्ट नेपालको सम्मानले आफु प्रोत्साहित भएको छु भन्दै अझ कालान्तरमा यो भन्दा ज्यादा काम गर्ने प्रतिबद्ध जाहेर गरिन । र उनले अगाडी भनिन स्वास्थ्य र शिक्षाको क्षेत्रमा अभाव भएको आफुले महसुस गरेको बताइन ।

र एनआरएनले उठाएको एक पटकको नेपाली सधै को नेपाली राम्रो लागेको भन्दै अब नया क्षेत्रमा लगानी गर्नु पर्ने भनि नेपालले सुझाब राख्नु भयो । कार्यक्रममा एनआरएनका पुर्व अध्यक्ष जिव लामिछाने ,प्रसिद्ध लेखक हिरन्य लाल श्रेष्ठ, भिम उदास,नेपाली कांग्रेसका अर्जुन प्रसाद जोशी र अन्यले शुभकामना मन्तब्य राखेका थिए । लेखक हिरन्य लाल श्रेष्ठले जुनदेश भित्र हुनु हुन्छ बफादार हुनु पर्छ भनि विचार राख्नु भएको थियो ।

सोलिडारिटी ट्रष्ट नेपालको तर्फ बाट मिना शर्माले  उत्कृष्ट एनआरएन २०१४ मा सपिला राजभण्डारी घोषित गरेकी थिइन् भने २०१२ मा नाइजेरियाका हिक्मत थापा तथा २०१३ मा साउदी अरबियाका धरम केसीलाई सम्मान गरिएको थियो ।  धन्यबाद ज्ञापन सोलिडारिटी ट्रष्ट नेपाल कि चन्द्रिका राना थापाले गरेकी थिइन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com