बडा दसैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरिदै

काठमाडौँ असोज २६,

विजयादशमीको पहिलो दिन आज घरघरमा कलश स्थापना गरी घटस्थापना गरिँदै छ। 

आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना भनिनेको हुँदाद आजैदेखि नवरात्र आरम्भ हुन्छ। 

आज घरघरमा दियो, गणेश र कलशको पूजा गरी घटस्थापना गर्ने र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गर्दै जमरा राखिने नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए। 

दुर्गा भवानीको प्रतीकका रुपमा आज घर घरमा अनि मन्दिर देवालयमा घटस्थापना गरी हिन्दूहरुको महान् चाड बडादशैं सुरु भएको छ । 

कलशको स्थापना गरी यस दिन नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या माटो ल्याई दसैँ घर वा पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छर्ने प्रचलन रहेको उनले बताए। 

जौलाई वैदिक यज्ञका लागि अत्यावश्यक वस्तु मानिन्छ। माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नका लागि जमरा उमार्ने गरिएको गौतमले बताए।

यसरी उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रुपमा लगाउने गरिन्छ। रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com