ज्यादै मिलनसार आलु ( साहित्य )

दिनेस काफ्ले - ( देबचुली, नवलपरासी ) म फेरी आलुको नालिबेली खोज्न चाहिन । एस क साखा सन्तान सात पुस्ता को बारेमा कि त उनै भैरे गलत भैरब आर्यल नै जान्लान कि त भाशाशास्त्री म त एती मात्र जानेको छु कि खादा मा मिठो हेर्दा मा राम्रो किन्न मा सस्तो आलुको आलुबादलाई अगाली ति अरु के के हुन बाद हरु अ मास्क्बाद लेलिनबाद हैद्राबाद माओबादलाई छोडौ ।

यि त सबै बाजेको चीया पसलमा पुसको मुटु थर थर्ती काम्ने जाडोमा खेतमा बाली नालीको काम नहुँदा लडौनी फुस्रा चिल्ला गफबाजी मात्र हो ।आज कल यडाँकादा आफु लाई कलेज मा पढ्एको भनिइ ठान्नी अत्तर छर्की पन्च ज्ञानिन्द्री इस्नान गरी जुल्फे पारामा हीड्नी ठीटा हरु आफु लाई मन पर्नी प्रेमेका लाई प्रस्ताब राक्न डराइ आइ लभ यु भन्न सीदा भन्न नसकेर आलु को बीउ भन्न समेत प्रयोग हुदो रैछ ।जे होस यो गरीब को टपरी देखी उच्च धनाडे का थाल मा समेत बिराज मान हुन पाउछ । म आलु खन्छु तेसैले आलु को म गुन गान गाउछु ।मुसलामान को इदुलफेत्र होस या बौदिस्ट को बुद्द जएन्ती अनि हिन्दू को ब्रतबन्द होस या क्रीस्चेन को क्रीसमस सबै मा समान रुपले सम्मान र प्रयोग भएको पाइन्छ ।

यो ज्यादै मिलन सार छ ,चीप्लो मा भेन्डी देखी तीतो मा करेला सम्म्,गेडागुडीमा चना देखी सिखार सँग पनि मिली दिन्छ । यस को धेरै उपायोग भएकाले कुरा जहाँ पनि पाइनी जे सँग पनि मिल्नी जसले पनि खानी भएकाले यसको खासै इजत छैन ।भैया को चट्पटीया देखी ठुला ठुला किराना स्टोरमा अनि हप्ताबारे बज्जार देखी अझ भनउ प्रोभिज्नल स्टोरमा पनि पाइन्छ । यदी सागर को गैराइ मा र आकास मा फल्थ्यो भने यस्को खुबै खोज अनि महत्तो हुन्त्यो होल,ज होस हामी यसलाई दीनहु सहज र सरल रुपले खान पाएका छौ ।एउटा कुरा आलु को तेस बेला पनि इज्जत आउथ्यो होला जुन बेला आलु खानकै लागी घन्टौ लाईन लागी प्रती कीलो १००० रुपैया तीरी फर्म भरि आलु खानु पर्थ्यो । 

आलु को जात जुठो होस या चोखो यो त लामालामा टुप्पी पाली चुस्की लगाउँ न प्याज को सितन खाने वाहुन हरु जान्लान कि त भागवान नै म त भन्छु यो जात चोखो हो ।मेरो ख्याल मा धर्ती को पहीलो फल नै आलु हो कीनभने यो जुनसुकै बेला जे मा पनि फली देन्छ पाङो माटो होस या बालौटे अनि गोबारे माटो होस या रातो जहाँ पनि फल्छ ।ति अरु स्याउ अनार सुन्तला प्याज सबै एस का नातादार अनि रीस्तेदार होलन । ज होस आज सम्म सन्सारका करीब १०० करोड भुडी आलुले भरियर आज सम्म भोक्मरी नलाएको ।

म त भन्छु शहर का आग्ला आग्ला अपार्ट्मेन्ट बाङ्गला का तल माथी दाया बाया ढोका भित्र बाहिर जताततै गमला मा आलु लगाए को बेस ।सायद आलु बाटै नै मानब सभ्यता को बिकास भएको हुनु पर्छ ।आलु ले अपार्दसी झीली ओडि बसेको देखेर मान्छे ले कपडा लगाउँन सीकेको,आलु माटो मुनी लुकी बसेकोले मान्छे घर बनाए बस्न सीकेको ।आलु गोलो छ तेसैले सन्सार गोलो छ,मान्छे ले बनायको भौतिक सन्सार को त कुरै नगरौ गाडी को पाङ्रा गोलो छ्, लगौएनी चस्मा गोलो छ, थाल गोलो छ,फेन गोलो छ,भ छोडौ मानिस जाबा आलु पछी का हुन ।यि सबै नक्कले हुन मात्र नकल गर्छन ।एक्छिन यि सबै गुन गान हुँदा हुँदै किन सन्सार मा आलु धर्म छैन ?यदी छ भने कहाँ छ,यदी हुन्थ्यो भने म पनि सामेल हुन्थे ।यो आलु बास्तब मै एउटा रहस्यम्य चीज हो ।

बैज्ञानिकाहरु आखाले नदेख्नी " अणु " अङ्ग्रेजीमा एटम र आसमानका ताराका बारेमा खोजखन्तर गर्छन तर घर भान्छामा भएको आलुको बारेमा भने स्व्एम अनबिज्ञ छन ।यदी बिज्ञ हुन्थे भने केहि न केहि तथ्थे अघी सार्थे होल,अनी यसको बारेमा छलफल हुन्थ्यो होला ।म त भन्छु अरु झालेमाले शिर्शक झै आलु भन्नि पनि एउटा पुस्तक होस नभय शिर्शक होस जहाँ आलुको बारेमा टिका टिप्पडी होस जुन झुपडी अनि देशका चालक का मन अनि मगज म बली राखोस ।

जय आलु जय आलुबाद् पुसमा सात दिन घाम नलागी आठऔ दिनका दिन बिहानै प्रचन्ड घाम लागी एक हातमा चीया र अर्को हात मा पत्रीका लिदा मेरो मन मा लागेको कुर,सायद प्राचीन गणीतमा पढ्नी ज्यामिती अर्थत को बिकास पनि आलु बाटै भएको हुनुपर्छ ।यसको आकार गोलो भएकाले गणितिज्ञ्ज्ञ बृत को परिकल्पना गरेका,यस लाईइ फेरी नानाथरि आकार मा काटी आयतकार ,गोला,कोन्,त्रीभुजका रचना गरेका होलान ।अर्को कुरा सायद यी प्रष्न कही ,कहिलै र कसैले पनि सोच्छ र सोध्दैनन होला ,किन आलुको जुस खाइदैन ?आलु लाईइ किन प्रसाद मा मिसाइदैन ?किन प्रेमी ले प्रेमिका लाई रातो गुलाबको साटो रातो आलु दिदैन ?यी सबै प्रश्नको उतर मा तपाईं हामी सबै अनबिज्ञ छौ ।

म त सोच्थे आलु घरमा,बन भोजमा मात्र खाइन्छ तर आजकल त यो जताततै खाइदो रहेच,पत्रीका मा सोझो रुपमा लेखेको चीज जस्तै सरकारी हाकिम घुस खादै गर्दा अख्तियारले समात्यो भन्नुलाई हामी सरकारी हाकिम आलु खादै गर्दा अख्तियारको जाल मा भन्दा रैछौ ।यो चीज त बडो अचम्म को रहेछ ,लुकेर खादा मस्ती अनि खुलेलाम खादा चाही बाउको बीहे ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com