गज़ल : By, कोमल भट्ट



गज़ल : By, कोमल भट्ट

दुख्दछ जिन्दगी दुखाइ दिन्छु
आँसु छ नेत्रमा चुहाइ दिन्छु

रात र दिन नै भयो अशान्ति
सक्दिन हाँस्न नै रुवाइ दिन्छु

पोल्दछ बेसरी छ दर्द मात्रै 
यो मुटु बोझ भो फुटाइ दिन्छु    

बस्छु प्रवासमा खपेर पीडा
सोच र चाहना बगाइ दिन्छु

जे जति दु:ख हो सहन्छु आफैँ
भन्दिन वेदना लुकाइ दिन्छु 

निष्ठुर दैबले सुनेन बिन्ती
'कोमल' भावमै बिलाइ दिन्छु 

(६ अक्षरमा विश्राम )

कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल :- न्युयोर्क, अमेरिका

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com