अमेरिकामा बिपी जन्मजयन्ती तथा गणेशमान सिंह जन्म शताव्दीमा भर्जिनियामा रक्तदान

डिसी भदौ २६,

बिजय थापा : नेपाली कांग्रेस का संस्थापक नेताहरु स्व.बिश्वेस्वर प्रसाद कोइराला को १०१औ जन्मजयन्ती तथा स्व.गणेश मान सिंह को जन्म शताव्दीको अवसरमा आज बिभिन्न ब्यक्तित्वहरुबाट रक्तदान गरीयो ।  नेपाली जनसंपर्क समिती अमेरिकाका केन्द्रिय सदस्य केशव बरालले रक्तदान गरी उक्त कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।

भर्जिनियाको अमेरिकन रेड्क्रस फेयरफ्याक्समा भएको रक्तदान कार्यक्रममा ब्लड डोनर्स एसोसियसनका संस्थापक अर्जुन प्रसाद मैनालीले न्युयोर्कबाट आएर रक्तदान गर्नु भएको थियो ।

त्यस्तै नेपाली जनसंपर्क समिती न्युयोर्क लङ अाइलैन्ड् का सभापति विश्वराज बास्तोलाले पनि रक्तदान गर्नु भएको थियो ।

नेपाली कांग्रेस को भात्री संगठन नेपाली जनसंपर्क समिती अमेरिकाको भर्जिनिया च्याप्टर द्वारा आयोजित उक्त कार्यक्रममा जनसंपर्क समितिका पदाधिकारी तथा अन्य महानुभावहरुले रक्तदान गर्नु भएको थियो ।

सो अवसर मा बिभिन्न संघ तथा संस्थाका महानुभावहरुको उपस्थिती रहेको थियो l न्युयोर्कबाट हवाइमार्ग हुँदै भर्जिनिया सम्म रक्तदान गर्न आउनुभएका पाहुनाहरुलाई च्याप्टर सभापति रामशरण हुमागाइ ले खादा लगाएर स्वागत गर्नुभएको थियो भने कार्यक्रममा सहभागि सबै प्रती शाखाको तर्फबाट आभार ब्यक्त गर्नु भएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com