एचडीएनपीको त्रैमासिक रक्तदान सम्पन्न

विजय थापा ,वाशिंगटन डिसी असोज १०,

अमेरिकाको टेक्सासको आर्लिंगटनमा सन् २०१२ नेपाली द्वारा स्थापना गरिएको हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रियले गत सेप्टेम्बर २७ तारिख आफ्नो त्रैमासिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

त्रैमासिक रक्तदान कार्यक्रममा रक्तदानको लागि ४० जना उपस्थित भएता पनि ३२ जनाले मात्र रक्तदान गरेका छन् l हरेक तिन महिनामा हुने रक्तदान कार्यक्रम कार्टर बल्ड केयरको सहयोगमा गर्दै आएको छ ।

टेक्सास क्षेत्रमा रहेका घरबार बिहिन र मागेर जीविका चलाउनेलाई हरेक ३ महिनामा भोजन गराउन गर्दै आएको एचडीएनपीले थांक्स गिभिंगमा पनि भोजन खुवाउदै आई रहेको जानकारी संस्थाका संस्थापक देवी आचार्यले दिएका छन् ।

हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (नाजुक तथा असहायको लागि सहयोग अन्तर्राष्ट्रिय )ले स्थापना काल देखि नै मागेर खाने ,अशक्तलाई खानाको व्यवस्थाको साथै उनीहरुको लागि स्वास्थ्य ,शिक्षा र जिविको पार्जन गर्ने देखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काम पनि गरि रहेको छ । 

यसको लागि विभिन्न दात्रि संस्था तथा सरकारी तवरमा पनि काम गरि रहेको बताउदै दिर्घ कालिन रुपमा यसलाई मानवीय सहायता गर्नु यसको उदेश्य रहेको संस्थापक आचार्यले बताएका छन् ।

यसै गरि हरेक महिनामा नेपालको पशुपतिनाथमा घरवार बिहिन ,मागेर खाने तथा आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई समेत बिशेष सहयोग प्रदान गर्नुको साथै स्वास्थ्य उपचार तथा लुगा फाटाहरु समेत उपलब्ध गराई रहेको छ ।

हरेक ३ महिनामा खाना खुवाउने कार्यक्रममा ४ सय देखि ६ सय सम्मलाई निसुल्क खानाको व्यवस्था गर्दै आएको संस्था  हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ) अमेरिकी सरकारको मुनाफा रहित सामाजिक संस्थामा दर्ता भएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com