अमेरिकाका सत्यालले संबिधानको घोषणा संगै १ सय २९ पटक रगत दान

विजय थापा ,वाशिंगटन डिसीअसोज ५,

रगत दान जीवन दान भन्ने मूल मन्त्र बाट प्रभावित भएका अमेरिकाको फ्लोरिडा राज्यका समाज सेवी अजय सत्याल ले ८ बर्ष पछि संबिधान बनेको खुशियालीमा रगत दान गरेका छन्।

उनले यस पटक समेत लगाएर अहिले सम्म १ सय २९ पटक रक्तदान गरेर अमेरिकामा बस्ने नेपाल र नेपालीको नाम अलग रुपमा चिनाएका छन्।
उनले अमेरिकामा बसी नेपालमा संविधानको घोषणा प्रतक्ष्य प्रसारण हेरी संबिधानको घोषणा भए लगतै यो भन्दा खुसि आफ्नो लागि केहि हुदैन भन्दै रगत दान गरेको बताए l नेपालको नया संबिधान २०७२ लाई हृदय देखि स्वागत गर्दै तुरुन्तै मैले केहि गर्नु छ भनि यही ठिक होला भनि रक्तदान गरेको बताए।

म अत्यन्तै खुशी छु अगाडी सत्यालले भन्दै यो प्लाटेलेट्स दान गरेको भन्दै संबिधानले देश बचाउने छ l यसले हाम्रा परम्परा तथा आत्मसम्मानलाई बचाउने बताए।

सत्याल समाजसेवि को अतिरिक्त ब्लड डोनेसन अफ अमेरिकाका फ्लोरिडा राज्यका संयोजक तथा अन्तर राष्ट्रिय नेपलिज ब्लड डोनर्सका उपाध्यक्ष समेत रहेका छन्।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com