श्री सत्य साई केन्द्र , नेपाली नारी आवाज इन इजरायल र रुपन्देही सेवा समाजको संयुक्त तीज विशेष प्रस्तुति २०७२ ;

तेल अभिव (इज़रायल) भदौ २३,

श्री सत्य साई केन्द्र , नेपाली नारी आवाज इन इजरायल र रुपन्देही सेवा समाजको संयुक्त तीज बिशेष २०७२ --
कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध ;

नजिकिदै गरेको नेपाली नारीहरुको महान चाड हरितालिका तीजको सुखद उपलक्ष्यमा सम्पूर्ण दाजुभाई तथा दिदीबैनीहरुमा अग्रिम हार्दिक मंगलमय शुभकामनाका साथ बिगत बर्षहरुमा श्री सत्यसाई केन्द्रले आयोजना गर्दै आएको तीज बिशेष कार्यक्रम यस बर्ष नेपाली नारी आवाज इन इजरायल र रुपन्देही सेवा समाज समेतको संयुक्त आयोजनामा गर्न लागिएको यसै सूचनाद्वारा जानकारी गराउछौं ।

 देशमा गएको विनासकारी भूकम्प र बढ्दो द्वन्द र हिंसाले दिएको चोटलाई केहिहदसम्म सितल बनाउन र दुखाईको पीडा दुर गर्न र नेपाली परम्परा र संस्कृतिको जगेर्ना साथै चौबिस घण्टा खटिनु पर्ने कामको थकानलाई मेटाउन केहि बेर भए पनि मनोरंजन दिलाउने उद्येश्यले संयुक्त तीज बिशेष कार्यक्रम २०७२ को आयोजना गरिएको हो ।

सो कार्यक्रममा सामुहिक गीत गाउन र एकल नृत्यको लागि कोहि इन्छुक हुनुहुन्छ भने तल उल्लेखित नाम र नम्बरमा सम्पर्क गर्न सक्नुहुने छ । इजरायलमा रहेका बिभिन्न सामाजिक संघ संस्थाहरुलाई उक्त कार्यक्रममा सहभागी भै कार्यकमको शोभा बढाईदिनु हुन हार्दिक अनुरोध गर्दछौं साथै यस महत्वपूर्ण तीज पर्बलाई भब्य रुपमा सम्पन्न गर्न सहयोग गरिदिनु हुन सामाजिक संघ संस्था ,अन लाईन मिडिया ,संचार कर्मी लगायत इजरयल बासी सम्पूर्ण दाजुभाई दिदीबैनीहरुमा हार्दिक आह्वान गर्दछौं । धन्यवाद !!

कार्यक्रम दूई चरणमा हुने छ ;-

औपचारिक र मनोरन्जनात्मक
कार्यक्रम निम्न मिति ,समय र स्थानमा गर्ने तय गरिएको छ --
मिति ;- सेप्टेम्बर १९ सनिवार 
स्थान ;-एभरेष्ट डिस्को तखाना मार्कजित ३७ गेट सलाखेत तेल्भिब 
समय ;- बिहान ११;३० बजे देखि साँझ 6 बजे सम्म
प्रवेश नि;शुल्क , खाजा र जलपानको व्यवस्था गरिनेछ !
सम्पर्क नाम र नम्बर यस प्रकार छ --
सुश्री नेहा गुरुङ 0548612995 
श्रीमती तारा अधिकारी 0548612995 
सुश्री परि डाँगी 0546969175 
श्रीमती सरिता बिष्ट 0544364760 
श्रीमती सुमित्रा पौडेल 'आंचल'
श्री अनुप पौडेल 0545779869
श्री नारायण पोख्रेल 0547131673
श्रीमती कल्पना चापागाई 0544327629
श्रीमती माया खनाल 0547071397

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com