शिशिर सिंखडा
चितवन,२९ भाद्र ,
नारायणी सामुदायिक अस्पताल भरतपुरका प्रबन्ध निर्देशक पुष्पराज शर्माले दुई जना चेपाङ
विद्यार्थीलाई भेटेरिनरी जेटिए पढाउने घोषणा गर्नुभएको छ ।
आफनो ५८ औं जन्मोत्सव तथा तीजको अबसरमा पूर्वी चितवनको रत्ननगर १०–मँगलपूरमा
रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रमा आयोजित कार्यक्रममा उहाँले केन्द्रमा आश्रित
झलक चेपाङ र सावित्री चेपाङलाई निशूल्क भेटेरिनरी जेटिए पठाउने घोषणा गर्नुभएको
हो ।
जन्म दिन मनाउन छोरी प्रतिक्षा धिताल संगै केन्द्रमा पुगेका शर्माले तीजका अबसरमा
केन्द्रमा आश्रित चेपाङ वालवालिकालाई दर पनि खुवाउनुभएको छ ।
शर्मामाले यस अघि केन्द्रमै
आश्रित विवेक चेपाङ र रेशम चेपाङलाई निशूल्क भेटेरिनरी जेटिए पढाइ सक्नुभएको छ भने
केन्द्रलाई आवश्यक पर्ने कपडा, स्टेशनरी र छात्रवृद्धि प्रदान गर्दै आउनुभएको केन्द्रका
अध्यक्ष केपिकिरण शर्माले जानकारी दिनुभयो ।