रत्ननगर भदौ २९,
होमनाथ सापकोटा : बछौली वाल सञ्जालले चितवनका क्रियाशिल पत्रकार होमनाथ
सापकोटालाई आज सम्मान गरेको छ । पत्रकारिता मार्फत वाल अधिकार र वाल श्रम
न्यूनीकरणमा भूमिका खेलेको भन्दै सञ्जालले राष्ट्रिय वाल दिवसको अबसरमा
पत्रकार सापकोटालाई सम्मान गरेको हो ।
वाल दिवसका अबसरमा बछौलीमा आयोजित
जनचेतना मुलक विविध कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका सामुदायिक
विकास शाखा प्रमुद तेजेन्द्रनाथ लामिछाने र वाल सञ्जालका अध्यक्ष शुसान्त विडारीले
सापकोटालाई दोसल्ला र सम्मान पत्रले सम्मान गरेको थिए ।
विगत १३ बर्ष देखि
पत्रकारितामा क्रियाशिल सापकोटा पत्रकार महासंघ चितवनका कोषाध्यक्ष तथा पूर्वी
चितवन पत्रकार मञ्चका अध्यक्ष हुन । त्यसै गरी सञ्जालले बछौली सेवा केन्द्रका
प्रमुद वासुदेव रिजाल र बछौली उच्च माविका शिक्षक ऋषि प्रसाद खनाललाई पनि
सम्मान गरेको थियो ।