नेपाल भारत कुट्नीती दखल सिक्किम कारण नहोला भन्न सकिन्न

दिनेश काफ्ले ( नवलपरासी, सिताबस ) ,

 नेपालको आन्तरिक मामलामा भारतले गरेको हस्तक्षेप हामी नेपाली जनतालाई अति नै असहिय भैरहेको छ । नेपालको आन्तरिक मामिलामा  भएको हस्तक्षेप स्वभिमान नेपालीले स्वीकार गर्न सक्दैन । भारतले भित्री रुपमा तराइमा मधेसीहरुलाई उत्साही आन्दोलमा छन यसैमौका छोपी नेपाललाई आघोसित रुपमा नाकाबन्दी गरेको छ।  

यसै सन्दर्भमा भारत हाम्रो छिमेकि राष्टको बारेमा बिगत तेही समयको कुरा गर्दैछु। जुन समयमा भारत अग्रेजको उपनिबेसबाट मुक्त भएको थीयो । सन १९४७ ताका को सिक्किम जुन हाल भारतको उपनिबेस राज्य पनि हो । त्यो समयमा सिक्किम आफै एउटा राजनैतिक दल्दलमा फसेको थीयो । भुटानले बेला बेलामा सिक्किमलाई कब्जा गर्न र छोड्ने क्रम जारी थीयो भने उता सिक्किमका राजाको शाशन सत्ता खुस्किने अबस्ता आएको थियो ।

सोहि समयमा नेहारु भारत सरकारमा थिए । सिकिक्ममा लेप्च ,मगर ,लिम्बुहरुले राजा को दमन निती रुचएका थिएनन्,अत राजा बिरोदी आन्दोलनले ठुलो रुप लीदै गएको थियो ।उता भारत सिक्किमलाई आफ्नो देशमा बिलिन गरौनको लागि असल मौकाको खोजीमा थियो। तेती बेला नेहारु "फुटाउ र शाशन गर्" साम्राज्यबादी निती अपनाएका थिए। तेसै अनुसार नेहारु ले बिशेस परराष्ट कुट्नितिज्ञका रुपमा हरिश्योर डयाललाई पठाएको थियो । डयालाले भारतीय निती अनुसार सिक्किममा आन्तरिक कलह मच्चाउन सफल भए फलस्वरुप राजा र जनता बिच निकै ठुलो दरार सृजना भयो, भारत एक किसिमले आफ्नो साम्राज्यबाद नितीमा सफल भएको देखिन्छ। राजा र जनता बिचको मुट्भेट भारतको लागी कोसेढुङा साबित भयो ।उसले आफ्नो सत्ता बचौनी लोभमा राजा टासिनमङ्यालले भारतको सहयोग लिने निर्णय गरे अन्तत सिक्किम- भारत सन्धीमा हस्ताक्षर गर्न राजालाई बध्या पारियो र भारतले समस्या सुल्झौन केहि समय सिक्किमलाई आफुले लियो पछी कुटनितिक चलखेलबाट सिक्किमलाई भारतको उपनिबेसा राज्य बनएरै छोड्यो । 

म भर्खरै १२ सकेको अध्यनरत स्वाभिमानी बिध्यार्थी नेपाल प्रति मेरो माया छ। राजनीति प्रति चासो नदिदा नदिदै पनि भारतको हेपाहा प्रबिर्तीले यो कुरा नेपालमा नहोला भन्न सक्दिन्,भारतका प्रधान मन्त्री मोदीको बिशेश दुतको रुपमा राय आउनु नेपालमा बिद्रोह मच्चाउनु अघोसित नाकाहरु बन्द गर्नु पनि भारतको बिदेस निती अन्तरगत पर्दछ । तेसैले सबै जना भारतको नितीबारे सजक रहनु आबस्याक ठान्दछु । एसैलाई नै सिक्किमिकरण भनिन्छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com