फुलको आँखामा फुलै संसार अचानक फुरेको गित हो : प्रख्यात संगीतकार न्ह्यू बज्राचार्य

विजय थापा ,वाशिंगटन डिसी भदौ २६,

नेपाली संगीतका एक होनहार तारा न्हू बज्राचार्य अमेरिकाको भ्रमणमा हुनु हुन्छ । संगीतकार बज्राचार्य अमेरिकाको नेप्लिज एशोसियसन अफ साउथ इष्ट अमेरिका (नासा) र मध्य एशोसियसन अफनेप्लिज इन मिडिल वेष्ट अमेरिका एन्मा) को संयुक्त एघारौं सम्मेलनको लागि नेपालबाट अमेरिकाको नर्थ क्यारोलिनामा आएको बताउनु भो ।

वाशिंगटन डिसी स्थित नेपाली राजदुताबासमा राजदुत डा अर्जुन कुमार कार्कीको निमन्त्रणा दुताबास पुगेको समयमा वहा संग राखेको जिज्ञाशामा साथीभाईले अमेरिका आउनु पर्यो भनेकोले नर्थ क्यारोलिना आएको न्ह्यू बज्राचार्यले बताउनु भयो । र यसको साथै आफना केहि सांगीतिक कोसेली स्वरुप अल्बम बिमोचन गर्न पनि अमेरिका आएको बताउनु भयो ।

न्हू बज्राचार्य द्वारा संगीत दिइएका प्रख्यात गीतहरु फूलको आँखामा ,ओरालो लागेको हरिणको चाल ,सयौ थरि बाजा तथा नेपाली रास्ट्रिय गीत सयौं थुंगा फूलका हामी लगायत हजारौं गीत छन् ।

वाशिंगटन डिसी स्थित नेपाली दुताबासमा गफिने क्रममा गित सानै देखि गएको स्मरण गर्दै खास १३ बर्ष देखि मंचमा काम गर्न थालेको भन्नु भयो । पहिले सौकमा गितमा लागेको बताउनु भयो । संगीतमा २०४५ साल देखि नै आफुलाई मान्छु भन्दै २०४५ मा रेडियो नेपालको प्रतियोगितामा प्रथम भएको बताउनु भयो । त्यस पछि संगीतमा ब्यबसायिक रुपमा डुबुल्की मार्न थालेको बताउनु भयो ।

त्यो भन्दा अगाडी पनि गित अभिलेखन (रेकर्डस )पनि गरेको भएता पनि २०४५ साल लाई नै आफुले मान्ने गरेको बताउनु भयो ​।

​आफुले दिएका संगीतमा सबै भन्दा ज्यादा मन पर्ने कुन गित छान्नु हुन्छ भन्ने जिज्ञाशामा कुनै यो गित भनि टिप्न अप्ठ्यारो छ भन्दै आनी छोइङ्ग डोल्माको एक हरफ फुलको आँखामा फुलै संसार भन्ने गित न्ह्यू बज्राचार्यले सुनाउनु भयो ।

बिभिन्न सुरमा बिभिन्न खालका कहिले राष्ट्रियताबाट ओतप्रोत भएको भने कहिले लोकशैली ,कहिले अलिक अध्यात्मिक भएर गित पनि गाएको छु भन्नु भयो ।

गितलाई श्रोताहरुले मन पराई दिनु भनेको भाग्य पनि हो जस्तो लाग्छ भन्नु भयो । गित संग जोड्न पाउनु संगीतकारको भाग्य हो भन्नु भयो ।

फूलको आँखामा फुलै संसार भन्ने गित बारे केहि जानकारी तथा कति समय लाग्यो भनि जिज्ञासा राख्दा १० मिनेट मै तयार भएको भन्दै अचानक फुरेको गित भनि जानकारी दिनु भयो ।

विश्व भर रहेका नेपाली तथा अमेरिका भरि रहेका नेपाली आई के संदेश दिन चाहनु हुन्छ भन्ने जिज्ञासामा हाम्रो संगीत निकै माथि आयोस भन्ने चाहना हाम्रो छ ।

र अन्य देशको तुलनामा माथि आउन पनि सक्छ भन्दै यहाँहरुले हाम्रो गित सुनी दिनु पर्यो । र हामीलाई हौसला दिनु पर्यो भन्नु भयो । र फेरी छिट्टै नेपाल फर्कने बताउदै अमेरिकामा आफ्ना धेरै साथीभाई रहेको पनि बताउनु भयो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com