कल्पना फाउडेशन द्वारा छात्राबृतिको घोषणा

काठमाण्डौ असोज ६,

कल्पना फाउडेशन नेपालले गरिव तथा जेहेन्दार छात्र छात्राहरूको लागि वार्षिक छात्रवृद्दी घोषणा गरेको छ । जस अन्तर्गत पहिलो वर्षमा दुईजना अत्यन्तै निम्न वर्गिय परिवारका वच्चाहरूलाई छात्रवृद्दी दिईएको हो । 

फाउन्डेसनले स्थापना कालदेखी नै विभिन्न कारणवस पीडित हुन पुगेकाहरुलाई सहयोग गर्दै आईरहेको छ ।  नवलपरासी गैडाकोट स्थायी घर भएकी उक्त फाउडेसनकी संस्थापक समाजसेवी कल्पना पौडेल ‘जिज्ञासु’ इजरायलबाट विदाको लागि नेपाल गएको समय पारेर सो छात्रवृद्दी प्रदान गरिएको थियो । 

गत भदौ ११ मा नवलपरासी गैडाकोट स्थित श्री विजया निम्न माध्यामिक विद्यालयमा सम्पन्न एक समारोहका विच पौडेलले नवलपरासी गैडाकोटका साजन पौडेल र चिनिमाया खाम्चामगरलाई कम्तिमा १० कक्षासम्म छात्रवृद्दी प्रदान गर्नुभएको छ । उहाँ इजरायल फर्किनु अगावै वच्चाहरूलाई आवश्यक पर्ने सामग्रीहरू खरिदको लागि नजिकैको फाईनान्समा एक शिक्षक र वच्चाहरूकै नाममा केही रकम समेत जम्मा गरिएको जानकारी प्राप्त भएको छ । 
उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तिलक पराजुली, शिक्षक डिलाराम रिजाल, काशिराम सपकोटा , , रोशन मल्ल लगायतका हरूले मन्तव्य राखेका थिए भने फाउण्डेसनकी पौडेलले यसरी गरिव तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृद्दी प्रदान गर्न पाउदा अत्यन्तै आत्मशन्तुष्टी मिलेको वताउनुभयो साथै  आफ्नो लागि त सबैले गर्छन् तर जसले अरुको लागि निस्वार्थ भावनाले केहि गर्छ, दिन्छ त्यो नै वास्तबमा सच्चा मानवीय धर्म टहहरिन्छ बह्न्दै आफुले सामाजिक कार्य गरेकोमा अत्यन्त ठुलो आत्मा सन्तुष्टि प्राप्त भएको बताउनु भयो ।

सोही बोल्ने क्रममा उहाँले महिलाहरूमाथी हुने घरेलु हिंसा तथा अझै पनि समाजमा महिला र पुरूषविचको खाडल रहेको वताउदै सामाजिक कार्यमा अग्रसर भएका महिलाहरूलाई घर परिवारले सहि मुल्याङकन गरेर नारीभावनाको कदर गरिदिए धेरै महिलाहरू सामाजिक कार्यमा अग्रसर हुनेथिए भन्ने गहकिला भनाईहरू समेत राख्नुभएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com