डोल्पामा औषधि अभाव

डोल्पा असोज ११,

डोल्पाको त्रिपुराकोट गाविसस्थित त्रिपुराकोट स्वास्थ्य चौकीमा लुतो सङ्क्रमणका बिरामीको चाप बढेको छ । असोज महिनाको सुरु भएलगत्तै अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये अधिकांश लुतो सङ्क्रमणका बिरामी आउने गरेको स्वास्थ्य चौकी त्रिपुराकोटले जानकारी दिएको छ ।

एक हप्तायता दैनिक १० देखि १५ जनाका दरले बिरामी आउने गरेकोे स्वास्थ्य चौकीले जनाएको छ । स्वास्थ्य चौकीमा लुतो सङ्क्रमणका बिरामीको चाप बढेपछि स्वास्थ्य चौकी र निजी क्लिनिकमा पनि औषधिको अभाव भएको स्वास्थ्य चौकीका अहेब कविप्रसाद उपाध्यायले जानकारी दिए ।

दिनहँु बिरामी बढेपछि स्वास्थ्य चौकीमा र निजी मेडिकलमा पनि लुतोको औषधि सकिएपछि जिल्ला अस्पतालमा औषधिको माग गरिएको उनले बताए । डोल्पाका अधिकांश बस्तीमा सुरक्षित पानीको अभावमा खोलाको पानी सिधै प्रयोग गर्ने गरिएको र असोज महिनाको समयमा सर्वसाधारण काममा व्यस्त भई सरसफाइमा ध्यान नदिँदा पनि यो समयमा लुतोका बिरामीको चाप बढेको उनले बताए । रासस  ;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com