संचारकर्मी पाण्डेलाई अन्तर्राष्ट्रिय अवार्ड

मिति ः २०७२ भदौ २१,

प्रेस नोट

काठमाडौं, २० भदौ । पत्रकार एवं डकुमेन्ट्री निर्देशक गणेश पाण्डेले अन्तर्राष्ट्रिय अवार्ड जित्नुभएको छ  मलेसियाको राजधानी क्वालाम्पुर स्थित दि प्यालेस अफ गोल्डेन हर्सेसमा शनिबार भव्य समारोहका बीच एसिया  एक्सिलेन्स इन्टरप्रेनुअर फेडेरेसन (इइइएफ) ले पाण्डेलाई ‘द मार्स अवार्ड’ प्रदान गरेको हो ।

एसियाका पेशाकर्मीहरुलाई प्रदान गरिने यो अवार्डका लागि ३२ राष्ट्रका संचारकर्मी, डकुमेन्ट्री निर्माता,विभिन्न पेशाकर्मी, उद्यमी एवं व्यवसायीहरु प्रतिस्पर्धामा थिए ।

खोजमुलक डकुमेन्ट्रीमार्फत सामाजिक, मानवीय तथा आर्थिक क्षेत्रमा विशेष योगदान पुराएका कारण पाण्डेलाई छनौट गरिएको फेडेरेशनले जनाएको छ । संचारकर्मी पाण्डेले सशस्त्र युद्धका क्रममा श्रीमान बेपत्ता पारिएपछि
उनका श्रीमती, बालबालिका तथा समाजले भोगेका समस्याका बारेमा ‘अन्तिम सन्देश’ नामक वृत्तचित्र र न्यायका

लागि संघर्षरत सावित्री श्रेष्ठका बारेमा ‘बहादुर बहिनी’ नामक वृत्तचित्र तयार पारेका थिए । ती वृत्तचित्रहरुलाई आयोजकले उत्कृष्ट ठहराएका थिए । पाण्डे विगत १५ बर्षदेखि पत्रकारितामा क्रियाशिल छन् । यसैगरी, डकुमेन्ट्रीमार्फत नेपालका विभिन्न जिल्लामा पत्रकारिता अक्षयकोष स्थापना गरी मानवीय सेवामा योगदान पु¥याएका कारण पनि पाण्डेलाई यो अवार्ड दिइएको आयोजकले जनाएको छ ।

अवार्डबाट आफू निकै उत्साहित भएको पाण्डेले बताउनुभयो । ‘यो म जस्ता संघर्षशील सबै पेशाकर्मीको जित
हो’– उहाँले भन्नुभयो । इप्लानेट नेपालका सन्तोष सापकोटाको आधिकारिक पहलमा नेपालको तर्फबाट
पाण्डेको नाम मनोनयनका लागि पठाइएको थियो ।

सन् २०११ मा स्थापित एसिया एक्सिलेन्स इन्टरप्रेनुअर फेडेरेसन (इइइएफ) ले विभिन्न देशका उत्कृष्ट
पेशाकर्मीहरुलाई छानेर हरेक बर्ष अवार्ड प्रदान गर्ने गर्छ । मलेसियामा मुख्यालय रहेको एइइएफका संस्थापक प्रोफेसर डाटो सेरी पादुका र डा. रोविन तान हुन् । .

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com