श्रीकृष्ण जन्माष्टमी भब्य रुपमा सम्पन्न

तेल अभिव (इज़रायल) भदौ २१,

इजरायलको तेल्भिबमा श्रीकृष्ण जन्माष्टमी भब्य रुपमा सम्पन्न भएको छ ! असख्य हिन्दु धर्माबलम्बी तथा साईभक्तहरुको उपस्थिति रहेको उक्त कृष्ण उत्सब हर्चियोना तेल्भिब ३५ मा अबस्थित इजरायलको एक मात्र धार्मिक आस्थाको धरोहर श्री सत्यसाई केन्द्रले आयोजना गरेको हो ! 

हरेक सनिवार ओम् कार सहित एक घन्टाको भजन हुने गरेको सो केन्द्रमा नियम अनुसार चाडपर्वका बेला परम्परा अनुसार धर्म र संस्कृतिको जगेर्ना र रक्षाका लागि बिशेष कार्यक्रम हुने गरेको केन्द्रकि अध्यक्ष समाज सेवी सुश्री नेहा गुरुङले बताउनु भयो ! उक्त धार्मिक कार्यक्रममा नेपाली दुतावासका राजदुत श्री प्रलाद कुमार प्रसाईं उहाँकि धर्मपत्नी श्रीमती सिता प्रसाईंको प्रमुख आथित्य रहेको थियो भने उपनियोग प्रमुख श्री खड्ग प्रसाद दाहाल उहाँकि धर्मपत्नी लक्ष्मी दाहाल , सहसचिव श्रीमती रोशनी खनाल साथै श्री कमल खनालको आथित्यमा सो कार्यक्रम सम्पन्न भएको हो ! 

बिहान दश बजे प्रमुख अतिथिको करकमलबाट दिप प्रज्वलन गरी सुरु गरिएको उक्त कार्यक्रममा केन्द्रकी अध्यक्षबाट शुप्रभातम ,एक्काईस पटक सामुहिक ओम् कार साथै ब्रम्ह गायत्री ,एक मिनेट ध्यान र सर्बधर्म प्रार्थना पछि एक घण्टा पन्ध्र मिनेट निरन्तर भजन गाइएको थियो ! भजन पश्च्यात पुन तीन पटक ओम् कार गरी ध्यान पछि असतोमा सतगमय मन्त्र पाठ गरिएको उक्त कार्यक्रममा आध्यात्मिक संयोजक सुश्री परि डाँगीले ''सेवा कार्यद्वारा प्राप्त आनन्दबाट शरीरमा पर्ने प्रभाबले तिम्रो रोग ,ब्याध आदिवाट छुटकारा पाउँछौं '' श्री सत्यसाई बाबाको अमृत बाणी वाचन गरेर सुनाउनु भएको थियो ! 

कार्यक्रमका प्रमुख अतिथि प्रसाईंले श्रीकृष्ण जन्माष्टमीको पावन अबसरमा सबैमा शुभकामना व्यक्त गर्नु हुँदै यस पवित्र कार्यक्रममा उपस्थित हुन पाएकोमा आयोजकलाई धन्यवाद दिनु भयो साथै गीतामा उल्लेख कर्म गर फलको आशा नगर भन्ने पवित्र वाक्यलाई उद्घृत गर्दै मानव जीवन सहि मार्ग निर्दिष्टका लागि कर्मयोग , ध्यानयोग र भक्तियोग संसारका सबै धार्मिक ग्रन्थमा उल्लेख भएको र सबैले यसको अध्ययन र पालना गर्न सके मात्र जीवन सार्थक र मुक्ति प्राप्त हुने बताउनु भयो ! 

केन्द्रकि अध्यक्ष गुरुङले कार्यक्रममा उपस्थिति राजदुतावास परिवार ,सम्पूर्ण हिन्दुधर्मबलाम्बी साथै साईभक्तहरु प्रति कृतज्ञता व्यक्त गर्नु हुँदै अहिलेको यो कलियूगका मानवहरुले श्रीकृष्णले दिनु भएको सत्य ,धर्म ,शान्ति , प्रेम र अहिंसा पालना नगरेको कारणले नै संसारमा मानबिय हिंसा बढ्दै गएको बताउनु भयो ! उहाँले देशमा बढ्दो हत्या हिंसा अशान्ति जे बढी रहेको छ त्यसको जड नै धर्म बिनासको बाटोमा लाग्न उत्प्रेरित हुनु हो भन्नु हुँदै यो अमुल्य मानव जीवन सार्थकताको लागि हामी सबैले श्रीकृष्ण भगवानले देखाउनु भएको सत्मार्गमा लाग्नु जरुरी छ भन्नु भयो ! 

उहाँले आजको यो बिशेष कार्यक्रम सफल पार्न सगयोग पुर्याउनु हुने सबैमा धन्यवाद व्यक्त गर्नु हुँदै नेपाली नारीहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा देशको अन्योलपूर्ण अबस्थाले मन रोईरहेको भए पनि परम्परा र संस्कृतिलाई मर्न नदिन सत्यसाई केन्द्र र नेपाली नारी आवाज इन इजरायलको संयुक्त आयोजनामा यहि सेप्टम्बर १९ तारिख सनिवार तीज बिशेष कार्यक्रम हुन गई रहेको जानकारी गराउनु भयो साथै उक्त कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गर्न उपस्थितिका लागि सबैमा अनुरोध गर्नु भएको थियो ! उहाँ सत्यसाई केन्द्रको अध्यक्ष मात्र नभई नेपाली नारी आवाज इन इजरायलको अध्यक्ष समेत रही कामदारका बिभिद समस्याहरु प्रति सेवा पुर्याउदै आउनु भएको छ ! 

अन्त्यमा , प्रमुख अतिथि प्रसाईं र उहाँकि धर्मपत्नी साथै अतिथि दाहल र उहाँकि धर्मपत्नीले संयुक्त मंगल आरती पश्च्यात सर्वदेवता स्वरूप भगवान श्री सत्यसाई बाबाको जय उद्घोष गरी बिभुति र प्रसाद ग्रहण गरी कार्यक्रम सम्पन्न भएको थियो !

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com