कोरिया, सेवक नेपालको दोस्रो वार्षिकोत्सव तथा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

द.कोरिया असोज १२,

किशन गौतम : "नेपालका अनाथ बालबालिकाहरुको उद्दार तथा संरक्षणमा हाम्रो प्रर्तिबद्दता" भन्ने मूल नाराका साथ् पहिलो पटक कोरियाली भूमिबाट स्थापना गरिएको आनाथ बालबालिका संरक्षण कोषले "सेबक नेपाल" नामक संस्थाको रुपमा नेपाल सरकार बाट मान्याता पाइसकेको शु-अवसर पारेर आफ्नो स्थापना कालको दोस्रो बार्षिक उत्सब तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 

छुसकको दोस्रो दिन दोंदेमुन स्थित नेपाल हाउसमा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन प्रमुख अथिति कोरिया स्थित नेपाली दुताबासका श्रम सहचारी अनिल गुरुङले पानसमा बत्ति बालेर गरेका थिए भने संचालन संस्थाका अभियान्ता गोबिन्द गौतमले गरेका थिए । त्यस्तै स्वागत मन्तब्य अर्का अभियन्ता उपेन्द्र अर्यालले ब्याक्त गरेका थिए । कार्यक्रममा यस संस्थाका सक्रिय अभियान्ता शिव भट्टले संस्थाको बार्षिक आयव्यय प्रस्तुत गरेका थिए । 

मन्तब्यको क्रममा बोल्दै प्रमुख अतिथि गुरुङले कोरियामा रहेका अन्य संघसंस्था भन्दा यो अलि फरक खालको समाबेसी र परोपकारी रहेको विचार ब्यक्त गरे । त्यस्तै अभियान्ता बुद्द गौतमले यो एउटा विशुद्द परोपकारी संस्था भएकोले सबैलाई यसमा आबद्ध भै बालबालिका को क्षेत्रमा सहयोग पुर्याउनु हुन आब्हान गरेका थिए । 

मन्त्यब्यकै क्रममा समाजसेबी रुद्रशर्माले यस्ता संस्थाबाट मात्रै हामि गर्ब गर्न सक्छौ भन्दै रु .५१००० को सहयोग रकम को घोषणा गरेका थिए भने एनआरएन आइ सी सी प्रतिनिधि केपी सिटौलाले ५ लाख वन र १ जना बालबालिका को अध्यन खर्छको जिम्मा आफुले लिने घोषणा गरेका थिए । 

त्यस्तै एनआरनएन अध्यक्ष बिनोदकुँवर ले आफ्नो तर्फदेखि मासिक रुपमा १० हजार वन यस कोषमा जम्मा गर्नुका साथै आफ्नो रेस्टुरेन्टको नाम बाट थप रकम समेत संस्थाको नाममा प्रदान गर्ने घोषणा गरेका थिए भने सुदुर पश्चिम समाजका अध्यक्ष जितेन्द्र महताले संस्थाको प्रगतिको कामना गरेका थिए । उल्लेखनीय नेपालीहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको सभापतित्व यस संस्थाका जेष्ठ अभियान्ता दिल बहादुर दलारीले गरेका थिए भने अभियन्ताहरुले उपस्थित ब्यक्त्तित्वहरुले राखेका जिज्ञासाहरुका उत्तर दिएका थिए ।
__ नेपाल कोरिया डटकम ;



Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com