५०% ले घट्यो विश्व बाल मृत्युदर

एजेन्सी भदौ २३,

विश्वभर बाल मृत्युदर घटेको छ । सन् १९९० पछि यो मृत्युदरमा ५० प्रतिशतले घटेको विश्व स्वास्थ्य संगठन र राष्ट्रसंघीय बालबालिका सम्बन्धी निकाय युनिसेफले संयुक्त रुपमा बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिबेदन अनुसार २५ वर्षअघि पाँच वर्ष मुनिका १ करोड २७ लाख बालबालिकाको मृत्यु भएको थियो । तर, यस वर्ष पहिलो पटक यो मृत्युदर ६० लाखमा झर्ने तथ्यांकमा उल्लेख छ । यद्यपी बालबालिमा विभिन्न चुनौती भने कायमै रहेको पनि दातृ निकायहरुले चेतावनी दिएका छन् ।

बाल मृत्युदरलाई सन् १९९० देखि २०१५ को बीचमा दुई तिहाईले घटाउने राष्ट्रसंघको लक्ष्य अझै पनि पुरा नभएको समेत अध्ययनमा जनाइएको छ । यो मृत्यु दर ५३ प्रतिशतले झरेको अध्ययनमा उल्लेख छ । कटु असमानता ‘हामीहरुले विश्वव्यापी रुपमा भएको अनौठो प्रगतिको बोध गर्नैपर्छ,’ युनिसेफका उप–कार्यकारी निर्देशक गिता राओ गुप्ताले भनिन् ।

‘तर, अझै पनि ठूलो संख्यामा रहेका बालबालिकाहरु उनीहरु पाँचौ वर्षमा प्रवेश गर्नुपूर्व रोकथाम गर्न सकिने रोगहरुबाट मृत्यु भएको छ । …हामीले गर्न सक्ने प्रयत्नलाई दोब्बर बनाउन हामीलाई बाध्य पारेको छ । ’ उनले थपिन् । प्रतिबेदन अनुसार संसारभर पाँच वर्ष मुनिका १६ हजार बालबालिका हरेक दिन मरिरहेका छन् ।

कतिपय बालबालिकाको मृत्यु नियन्त्रण गर्न सक्ने रोगहरु जस्तै निमोनिया, हैजा, र पखलाबाट भइरहेको छ । कूल मृत्युको आधा बढी मृत्यु कुपोषबाट भएको प्रतिवेदनमा जनाइएको छ । सबैभन्दा बढी खतरा बच्चा जन्मेको केही दिनपछि भएको बताइन्छ । शिशु एक वर्षको हुँदा ४५ प्रतिशत बढी बालबालिकाहरुको मृत्यु हुने गरेको छ ।

विश्वका बालबालिकामा देखिएको तीब्र असमानताको खाडललाई पनि अध्ययनमा प्रकाश पारिएको छ । गरिबी, अशिक्षा तथा अभिभावकमा चेतनाको अभावका कारण यस्तो असमानता दिनहुँ चुलिएको हो । अध्ययन अनुसार अफ्रिकाको साहारा उपमहाद्धीपका १२ बालबालिका मध्ये एक जनाको पाँच दिनका दिन मृत्यु हुने गरेको छ । तर, धनी मुलुकहरुमा भने हरेक १४७ जनामा १ जना बालबालिकाको मृत्युको मुखमा धकेलिने गरेको अध्ययनको निष्र्कष रहेको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com