डिसीमा बी.पी. जन्म जयन्ती तथा गणेश मान सिंह जन्म शताव्दी बिशेष कार्यक्रम सम्पन्न

विजय थापा ,वाशिंगटन डिसी भाद्र २८ ,

नेपाली जनसम्पर्क समिति अमेरिका भर्जिनिया शाखाको आयोजनामा नेपाली कांग्रेसका संस्थापक, नेपाली प्रजातान्त्रिक ईतिहासका महान पुरुष,प्रथम जन निर्वाचित प्रधानमन्त्री एवं बरिष्ठ साहित्यकार स्वर्गिय विश्वेश्वर प्रसाद कोइरालाको जन्म जयन्ती साथै नेपाली कांग्रेसका संस्थापक एवम जनआन्दोलन २०४६ का सर्बोच्च कमान्डर लौह पुरुष स्वर्गिय श्री गणेश मान सिंह ज्यु को जन्म शताब्दीको अवसरमा जन्म शताब्दीको बिशेष कार्यक्रम डिसी महानगर क्षेत्रको भर्जिनियामा भब्यताको साथमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको नेपाली संघ संस्थाका पदाधिकारी , बुद्धिजिवी,साहित्यकार,कलाकार,सन्चारकर्मी,बिध्यार्थी,ब्यवसायी ,समाज सेवी ,बिभिन्न राज्यहरु बाट समेत आमन्त्रित बिसेष व्यक्तित्वहरुको गरिमामय उपस्थिति रहेको थियो ।

कार्यक्रममको सरुमा स्व बी.पी.कोइराला  तथा गणेश मान सिंहको तस्बिरमा माल्यार्पण गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।

असल मान्छे बन्नु पर्छ भन्ने बीपीको धारणा थियो भन्दै कुसे औशी कै दिन सम्झेर यो कार्यक्रम राखेको शाखाका अध्यक्ष राम शरण हुमागाईले मन्तब्य व्यक्त गरेका थिए ।

मन्तब्य राख्ने क्रममा नेजाका अध्यक्ष गौतम दाहालले महा मानव बिपी कोइरालालाई दलको दायरा भित्र राखे अन्याय हुने विचार राखेका थिए ।

साहित्यकार कृष्ण धराबासीले बिपी र गणेश मानको बारेमा बोल्दै उनीहरुको अगाडी कसैलाई राख्न सक्दैनौ भन्दै बीपीको राजनैतिक बारेमा चर्चा नगरी साहित्य बारेमा मात्र चर्चा गरेका थिए । आफुले लेखेका पुस्तकहरु बारेमा चर्चा गर्दै आफुले २०४८ सालमा बिपी कोइरालाका उपन्यासहरु पहिलो लेखेको बताए ।

कबिता बाचनको साथै मन्तब्य गर्नेहरुमा गोपाल रेग्मी ,अर्जुन दाहाल ,अर्जुन सिग्देल ,राम चन्द्र भट्टराई ,राम मिश्र ,राजेन्द्र सेन्चुरी तथा एनआरएन भर्जिनिया शाखाका सचिब कृष्ण भण्डारीले बिपीको सान दाई भन्ने कविता वाचन गरेका थिए ।

अमेरिका नेपाल सोसाइटीका पूर्व अध्यक्ष नगेन्द्र पौडेलले मन्तब्यको क्रममा बिपी कोइराला तथा गणेश मान सिंहले प्रजातन्त्र का लागि शिरमा कात्रो बानि नेपाली जनतालाई प्रजातन्त्रको सास फेर्ने बातावरण बनाईदिने वहाहरुलाई शिर निहुर्याएर सम्मान गर्न चाहन्छु भन्दै शिर झुकाएका थिए ।

यसै गरि अमेरिका नेपाल सोसाइटीका अध्यक्ष जीवन तिवारीले जन सम्पर्क समितिले अमेरिकामा प्रभावकारी काम गर्न अग्रसर होस् भन्ने सुझाब राखेका थिए ।

प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्कीले मन्तब्य राख्दै बिपी कोइराला नेपालका मात्र हैन विश्व मै चर्चा रहेको जग जाहेर छ भन्नु भयो । गणेश मान सिंह र बिपी कोइरालाको बारेमा बोल्ने भन्दा शिर निहुर्याएर सम्मान तथा श्रद्धान्जली  गर्दा अर्थ पूर्ण हुन्छ भन्नु भयो ।

जन सम्पर्क समिति अमेरिकाका केन्द्रिय अध्यक्ष आनन्द बिष्टले देश रोई रहेकोमा दुख लागेको भन्दै मुलुकले कहिले निकास पाउछ भन्ने कुरामा चिन्ता लागेको बताए ।
एक आपसमा काटमार र झगडा छ त्यसको अन्त्य हुनु पर्छ भन्ने आफुले वकालत गर्ने भन्दै जब जब देशमा युगान्तकारी परिवर्तन हुन्छन त्यसमा बिदेशमा बस्ने नेपाली चुप लागेर बस्दैनन बिष्टले भने ।

जन सम्पर्क समिति अमेरिकाकाको गतिबिधि बारेमा संक्षेपमा जानकारी दिदै जन सम्पर्क समिति अमेरिकाले अब ठुलो भूमिका निर्वाह गर्ने विश्वास दिलाएका थिए । उक्त अवसरमा केसव बराललाई  अध्यक्ष आनन्द बिष्टले केन्द्रिय उप सभापतिमा बिधान अनुसार मनोनित गरेको घोषणा गरेका थिए । बराल समेत लगाएर तीन जनालाई मनोनित गरेका थिए । कार्यक्रमको सभापतित्व  राम शरण हुमागाईले गरेका थिए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com