पाँच जनामध्ये एकमा स्तन रोग

एजेन्सीअसोज ९,

स्तनको क्यान्सर भएका पाँच जनामध्ये एक जनामा यो रोग फर्किने गरेको अध्ययनले देखाएको छ । यो क्यान्सर पहिलेको स्थानमा वा ट्युमर र शरिरको अन्य भागमा फर्किन सक्ने सोधकर्ताको दाबी छ । क्याम्ब्रिजको वेलकम ट्रस्ट स्यांगर इन्स्ट्च्यिुटले गरेको एक अध्ययनका आधारमा यो निस्कर्ष निकालिएको हो ।

सांगर इन्सिटिच्युट इन क्याम्ब्रिजका महिला अनुसन्धानकर्ता लुसी याट्स र उनका सहकर्मीहरुले १ हजार जना स्तन क्यान्सरका विरामीको ट्युमरको तथ्यांकका आधारमा यो निस्कर्ष निकालेका हुन् । क्यान्सर फर्किएका वा अन्य स्थानमा सहरेका १ सय ६१ जना बिरामीलाई पनि अध्ययनमा समावेश गरिएको थियो ।



केही क्यान्सरहरुले किन स्वास्थ्ययलाई झन नाजुक बनाउँछन भन्ने विषयका पछाडि वंशाणुगत तथ्यले मुख्य भूमिका खेल्ने वैज्ञानिकहरुले बताएका छन् । अध्ययन अनुसार बल्झिएको क्यान्सरमा निश्चित वंशाणुगत गुण वा वंशाणुको मिश्रण हुने गर्छ । यी वंशाणुलाई लक्षित गरी रोग लाग्नु पहिल्यै उपचार गर्नु फलदायी हुने पनि उनीहरुको राय छ । बल्झिएको क्यान्सरले मानिसलाई झनै थला पार्ने उनीहरुको भनाई छ ।

प्राथमिक र कम महत्वका ट्युमरको तुलना गर्दा उनीहरुले सजिलै पत्ता लगाउन सकिने वंशानुगत भिन्नता पाएका थिए । त्यस्तै सेकेन्डरी क्यान्सरमा देखिएका अधिकांश परिवर्तन पहिलो पटक क्यान्सर उपचार गरिएको भन्दा सापेक्षिक रुपमा असाधरण देखिएको थियो ।

केही प्राइमेरी क्यान्सरमा भएका क्यान्सर जीनको पुरक मात्राले भविष्यमा बिरामीको स्वास्थ्यलाई अझै खराब गर्ने अनुसन्धानकर्ताहरुले सचेत गराएका छन् । उता, उपचारपछि प्राप्त भएका थप क्यान्सर जीनले क्यान्सरलाई बल्झाउने उनीहरुले साबधानी दर्शाएका छन् । यो नयाँ अध्ययनलाई भियनाको युरोपेली क्यान्सर कंग्रेसमा प्रस्तुत गरिदैछ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com