गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद युरोप क्षेत्र संयोजक पदको उम्मेद्धवारी

कोपेनहेगन/ गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्य परिषद युरोप क्षेत्रीय संयोजक पदमा डेनमार्कबाट सोम सापकोटले उम्मेद्धवारी घोषणा गरेका छन्। हाल युरोप उप-संयोजकमा रही सफलता पुर्बक जिम्मेबारी निर्बाह गरिरहेका सापकोटाले संयोजकका लागि उम्मेद्वारी घोषणा गरेका हुन्। सापकोटाले बिगत २ बर्षमा युरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषदहरुमा आफ्नो समय र क्षमताको प्रयोग गर्दै एनआरएन वृत्तमा चर्चा कमाएका छन्।

प्रबासमा रहेका नेपालीहरुको छाता संगठन गैरआवासीय नेपाली संघको अभियानको शुरुवात देखिनै लाग्दै आएका सापकोटाले नेपालीनेपाली डटकम मार्फत आफ्नो उम्मेद्वारी घोषणा गर्दै भने,”व्यक्तिगत रुपमा आफ्नो उम्मेदारीको प्रचारप्रसार भन्दा, युरोप क्षेत्र अन्तर्गतका २७ राष्ट्रिय समन्वय परिषदको राष्ट्रिय माहधिबेसन सम्पन्न गराउन र अन्तराष्ट्रिय महाधिबेशन सम्पन्न गर्ने जिम्मेवारीलाई प्रथामिकतामा राखेर मैले ढिला गरी ईच्छा जाहेर गरेको हुँ । उनले धेरै गैर आबासीयहरुको अनुरोध र सुझावमा आँफुले उम्मेद्वारी दिने सोच गरेको बताउँदै, सबैले सकरात्मक रुपमा लिने विश्वास ब्यक्त गरेका छन्।

उनले गैर आवासीय संघले अबलम्बन गरेको नीति, नियम र योजनाहरुलाई निरन्तरता दिंदै बिगतका अनुभबको आधारमा संघको अभियानलाई उचाईमा पुर्याउन भरपुर प्रयास गर्ने प्रतिबद्धता गरेका छन्। सापकोटाले युरोप क्षेत्रका २७ राष्ट्रिय समन्वय परिषद, केन्द्र तथा नेपाल सरकार, सरोकारवाला यूरोपका नेपाली राजदुताबास, युरोपबाट नेपाललाई सहयोग गर्ने गैर सरकारी संस्था तथा अन्य सहयोगी निकायहरुसँग समन्वय गर्नु पर्नेमा जोड दिएका छन्।

आँफू संयोजकमा रही काम गर्दा, यहाँका समस्याहरूको तत्कालीन र दीर्घकालीन समाधान, युरोपमा बैदेशिक रोजगारका लागि सरकारसँग समन्वय,सामुहिक लगानीको बातावरण, नेपालको पर्यटन, कला सँस्कृतीको बिकास र प्रबद्दन लगायत भूकम्प पछि देश पुन:र्निर्माणको लागि निरन्तर समन्वयात्मक प्रयास गर्ने बताएका छन्।
उनले संघका कार्ययोजना तथा परियोजनाहरुलाई सफल पार्नका लागि युरोप क्षेत्र र केन्द्रबीच आवाश्यक समन्वयात्मक भूमिका निर्वाह गर्ने र जल्दाबल्दा मुद्धाहरुलाई केन्द्र र सम्बन्धित निकायसम्म पहुँच गराएर समाधानका लागि पहल गर्ने काममा विशेष भूमिका खेल्ने वाचा र प्रतिवद्धता ब्यक्त गरेका छन्।

सापकोटा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्य परिषद पोर्चुगलको सदस्य हुँदै, गैर आबासीय नेपाली संघको अभियानमा संलग्न बनेका थिए। पछि डेनमार्कमा बसाई सरे सँगै,गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् डेनमार्कको संस्थापक अध्यक्ष हुदै काम शुरु गरे। संघको अभियानमा निरन्तरता दिदै, सापकोटा अन्तराष्ट्रिय समन्य परिषद सदस्य हुँदै ,हाल युरोप क्षेत्रको उपसंयोजकको जिम्मेबारी सफलतापुर्बक निर्बाह गरिरहेका छन्।

आगामी अक्टोबर १४ देखि १७ सम्म काठमाडौ हुने संघको सातौ अधिबेशन नजिकिदै गैरआबासीयहरुले उम्मेद्वारी घोषणाको क्रमलाई तिब्रता दिएका छन्।

सापकोटाको घोषणा पत्र जस्ताको तस्तै :-
गैरआवासीय नेपाली संघसंग आबद्ध आदरणीय नेपाली दाजुभाई तथा दिदिबहिनीहरु
नमस्कार ।
सर्वप्रथमतहः प्रबासमा बस्ने नेपालीहरुको छाता संगठन गैरआवासीय नेपाली संघमा मलाई संघको अभियानमा सुरुवात देखि निरन्तर साथ, सहयोग र हौसला प्रदान गरिरहनुहुने सबैमा हार्दिक आभार व्यक्त गर्दछु । मेरो, गैर आवासीय नेपाली संघ तर्फको पहिलो पाइला सन् २००४ देखि रोजगारीको सिलसिलामा पोर्तुगालमा रहँदा, चालिएको हो । पोर्तुगालबाट भएको मेरो आवद्धता गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्य परिषद पोर्तुगालको सदस्य २००५ -०७ हुँदै २००८ – ११ सम्म गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद डेनमार्कको संस्थापक अध्यक्ष हुदै २०११ -१३ अन्तराष्ट्रिय समन्य परिषद सदस्य लगायत संघका विभिन्न कार्यदलमा सहभागी लगायत २०१३ देखि हाल अन्तराष्ट्रिय समन्वय परिषद युरोप क्षेत्रको उपसंयोजकका रूपमा अनवरत रूपमा चलिनै रहेको छ । मेरो काम, कर्तव्य र अधिकार मातहतको कार्य सम्पादनको सिलसिलामा हरेक अवसरहरूलाई, आफ्नो क्षमताले भ्याएसम्म संस्थागत र पद्धतिसंगत ढंङ्गले सम्पादन गर्ने प्रयास गरि रहेको ठान्छु । यस क्रममा मैले हाँसिल गरेका अनुभवका साथै क्षमता अनुसारको श्रोत, साधन, समयलाई संघ र समुदायकै सेवामा निरन्तर लगाउनु श्रेष्ठतम् ठान्दै अग्रज तथा शुभेच्छुक महानुभावहरुको सुझाब अनि सल्लाह पछि मैले गैरआवासीय नेपाली संघको अभियानमा मेरो यात्रालाई निरन्तरता दिने सोचका साथ आगामी कार्यकाल २०१५-१७को लागी युरोप क्षेत्र संयोजक पदमा उम्मेदारी दिने निश्चय गरी यो सार्वजनिक घोषणा गरेको छु । यद्यपि उम्मेदारी यहाँहरुसामु प्रस्तुत गरे पनि मौजुदा कार्यसमितिको पदिय दायित्व बहन गरिरहेको र व्यक्तिगतरुपमा आफ्नो उम्मेदारीको प्रचारप्रसार भन्दा युरोप क्षेत्रअन्तरगतका २७ राष्ट्रिय समन्वय परिषदको राष्ट्रिय माहधिबेसन समपन्न गराउने साथै अन्तराष्ट्रिय माहधिबेसंन सम्पन्न गर्ने जिम्मेवारीलाई प्रथामिकतामा राखेर व्यस्त भएको कारणका साथै आफ्नो जिम्मेवारी पुरा गरे पछि मात्र आफ्नो ईच्छा जाहेर गर्नु उपयुक्त हुने ठानेर अन्य साथीहरु बाट उमेदारी आए तापनि मैले म आफ्नो उम्मेदारीको बारेमा यहाँहरुलाई जानकारी गराउन अलिक ढिला गरेको हुँ । यसलाई यहाँहरुले सकरात्मक रुपमा लिनु हुनेछ भन्ने विश्वास लिएकोछु ।

गैरआवासीय नेपाली संघको अभियान १२ बर्षको दौरान आजसम्म आईपुग्दाको यो संस्था, प्रबासमा बस्ने नेपालीहरुको तथा सिङ्गो राष्ट्रले नै अपेक्षा गर्ने हैसियतमा स्थापित भइसकेकोछ ।आज संसारका ७१ देसमा यसको सञ्जाल बिस्तारित नेपालीहरुबीच समन्वय गर्नुका साथै यस अवधीमा यसले गरेका गतिविधिहरुले गैर आवासीय नेपाली संघको अभियान अब वास्तवमै नेपाल र नेपालीको समृद्धिको बहाकको रूपमा अघि बढेको हो भन्ने प्रमाणित भइसकेको छ ।

अतः गैरआवासीय नेपाली संघको अभियानको यो उपलब्धिलाई कायम राख्दै प्रबासमा बस्ने नेपालीहरु र राष्ट्रको हितमा परिणाममूखि काम गर्न हामी सबैको सहकार्य अत्यन्त जरुरी रहन्छ नै । यस अभियानमा संलग्न भैरहेको नाताले आफ्नो स्थानबाट सकेको प्रयास गर्नु मेरो पनि गहन जिम्मेवारी र दायित्व हो भन्ने महशुस गरेर थप पाइला चाल्ने अठोट गरेको छु ।

युरोप क्षेत्र संयोजक पदको लागि गैरआवासीय नेपाली संघको विधानले केही जिम्मेबारीहरु तोकेकोछ । विशेष गरी क्षेत्र र केन्द्रबीचको समन्वय महत्वपूर्ण जिम्मेवारी हो ।युरोपका धेरै देसहरुमा रोजगारको क्रममा भएको बसाई, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्तुगल सदस्य, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् डेनमार्कको सस्थापक अध्यक्ष हुँदै अन्तराष्ट्रिय समन्वय परिषद सदस्य लगायत संघका विभिन्न कार्यदलमा सहभागी र २०१३ देखि संघको अन्तराष्ट्रिय समन्वय परिषद, युरोप क्षेत्रको उपसंयोजकको रूपमा, युरोप क्षेत्रका २७ राष्ट्रिय समन्वय परिषद र केन्द्रबीचको समन्वय गर्दै कार्य सम्पादन गरिरहेकोले युरोप क्षेत्र संयोजक पदको जिम्मेवारी पुरा गर्नसक्ने प्रयाप्त आत्मविश्वास र क्षमता अभिवृद्धि रहेको जानकारी गराउन चाहान्छु।
संघले अबलम्बन गरेको नीति, नियम र योजनाहरुलाई निरन्तरता दिंदै बिगतको अनुभबको आधारमा गैरआवासीय नेपाली संघको अभियानलाई उचाईमा पुगाउन मेरो भरपुर प्रायस रहने प्रतिबद्धता व्यक्त गर्न चहान्छु ।
युरोप क्षेत्रका २७ राष्ट्रिय समन्वय परिषद, केन्द्र तथा नेपाल सरकार, सरोकारवाला यूरोपका नेपाली राजदुताबास, युरोप बाट नेपाल लाई सहयोग गर्ने गैर सरकारी संस्था तथा अन्य सहयोगी निकायहरुसँग समन्वय गरेर युरोपमा नेपालीहरुका समस्याहरूको तत्कालीन र दीर्घकालीन समाधान, युरोपमा बैदेसिक रोजगारका लागि सरकारसंग समन्वय, युरोपका नेपलीनेपालीबीचमा सामुहिक लगानीको बातावरण, नेपालको पर्यटन, कला सँस्कृतीको बिकास र पर्वधन लगायत महाभूकम्पले जरजर भएको नेपालको पुनर्निर्माणको लागि निरन्तर समन्वयात्मक प्रयास गर्ने छु । त्यसबाहेक कार्ययोजना तथा परियोजनाहरुलाई सफल पार्नका लागि युरोप क्षेत्र र केन्द्रबीच आवाश्यक समन्वयात्मक भूमिका निर्वाह गर्ने र जल्दाबल्दा मुद्धाहरुलाई केन्द्र र सम्बन्धित निकायसम्म पहुँच गराएर समाधानका लागि पहल गर्ने कार्यहरूमा विशेष भूमिका खेल्ने वाचा र प्रतिवद्धता व्यक्त गर्दछु ।
अन्त्यमा मैले निरन्तररुपमा पाइरहेको अग्रज तथा शुभेच्छूक महानुभावहरुको साथ र सहयोग यस पटक पनि रहने छ र आशन्न सातौ गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय माहाधिबेशन तथा गैरआवासीय नेपाली बिश्व सम्मेलनबाट मलाई, अन्तराष्ट्रिय समन्य परिषद युरोप क्षेत्रको संयोजक पदमा चयन गर्नु हुनेछ भन्ने विश्वास सहित सबैमा विनम्र अनुरोध गर्दछु ।
धन्यवाद ।
सोम सापकोटा
उम्मेदवार,
युरोप क्षेत्र संयोजक पद (२०१५- २०१७ कार्यकाल)
गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्य परिषद युरोप क्षेत्र
For more informations
Webpage:- www.somnathsapkota.com
Facebook page:- Som Sapkota
YouTube:-Som sapkota
My Biography
Som nath sapkota born Rishmi, Malma 2, Baglung in 1974 and completed high school from Janjaagriti Secondry School, Kandebas, Baglung. Similarly, I did Bachelor of Arts from Birendra Multiple College, Bharatpur, Chitwan, Nepal. After completion of gradation, I established hotel and managed the organization more than 2 years in Nepal. In search of new venture, I moved to Switzerland in 1996 and migrated to Germany, 1997. I stayed nearly two years in Germany. Similarly, I got opportunities to stay few months in Belgium. After that I landed Portugal in 1999 and stayed more than ten years. Finally, I came to Copenhagen, Denmark and residing here since 2009. During 15 years staying abroad, I got ample opportunities to learn problem and prospects of international migrants which has given fascination to serve myself in social sector. To shape up my aims and objectives, I associated with various social organizations including NRNA which are as follows:
Board Member NRNA NCC, Portugal- 2006
Vice –president, Nepali Samaj Portugal 2008
General Secretary, Portugal Nepal Friendship Association
President, NRNA NCC, Denmark 2009
Life member – Nepal Red cross Society 2007
General Member, Nepal Danish society, Denmark 2009
President – Help Nepal network, Denmark Chapter 2009
Member – NRNA ICC TFT promotion of Nepal abroad 2009
Member- International Coordination Council NRNA ICC 2011-2013
Co-Chair – Foreign Employment Task force NRNA 2011-2013
Member – TFT Charity NRNA 2011-2013
Member- TFT for Promotion of Nepal Abroad NRNA 2011-2013
Vice president -Lions Club of Lanku International 2014
Adviser-NRAN NCC Denmark 2014
Europe Co coordinator, Board Member -Nepal library Foundation KTM2014
Founder – www.galkotnews.com2015
Deputy Coordinator NRNA ICC Europe 2015
What I have did tenure period 2013/15 as DRC Europe ?
In my tenure period 2013-015, as deputy regional coordinator NRNA Europe Region I had done the social activities in the following areas:
  1. Initiated to establish e-library in Jangariti Higher Secondary School, Kandebash-9, Banglung with the support of former students staying in abroad Rs. 23,76,000
  2. Initiated to establish e-library in Laxmi Ma.Vi Lanku, Chitwan with the support of former students staying in abroad and ICC President Shes Ghale Rs. 18, 51,000
  3. Supported to Re-construction of Laxmi Narayan Temple, Malma-1, Baglung Rs.738,000
  4. Contributed endowment funds to preserve the culture, Naumati Bazaa, Bhajan and Sorathi in Malma and Kandebash, Baglung ( Each project Rs. 100, 000) with coordination with well-wisher who are staying in abroad Rs 300,000
  5. Initiated to establish e-library in Junior Police Officer Training Centre, Bharatpur Chitwan, with the coordination of NRN’s and Nepal Library Foundation Rs. 630,000
  6. Contributed to Re-construction of Bainketesh Laxmi Narayan Mandir, Bharatpur-5, Chitwan Rs. 65,000
  7. Supported to Harikritan Baidik Dharmshalaa and Laxmi Narayan Temple for regular activities Rs. 41,000
  8. Contributed to Endowment Fund to Sapkota Kalayan Kendra Devghat, Tanhau Rs. 100,000
  9. Support towards NRNA Projects Shankhmul Garden, Shankhmul Ghat Rs. 50,000
  10. Contribution to NRNA Building Construction Project Rs. 100,000
  11. Contributed to Earth Relief package Rs. 51, 000
  12. Supported to establish Endowment Fund towards NCC Belgium ( Rs. 30,000), Denmark (Rs. 31, 000) , Help Nepal Network (Rs. 11,000), and Ideal Home Chitwan (Rs. 7, 000) Rs. 79,000
  13. Supported to Scandinavian Help Nepal Denmark ( Rs. 9,000) and Abhiyan Nepal, Denmark (9,600) for Remote Area Educational Support Program Rs. 18,600
  14. Supported to Shaharaa ko Ghar, Chitwan (Rs.5,000), Pabitra Sewa Samaj, Kathmandu(Rs. 6,000), Ram Janaki Bal Ashram (Rs. 5,000), Gam Beshi Chepang Samrankshan Kendra (Rs.6,000), Adarsh Grihya (Rs. 5,000)and Manav Sewa Ashram Chitwan (Rs. 11,000) Rs. 38,000
  15. Contributed to Establish Bhagwati Temple in Armed Force Police, Aaptari, Chitwan Rs. 20,000
  16. Supported to Reconstruction of Blind Association Office Building at Chitwan Rs. 15,000
  17. Contributed to Endowment Fund, Press Council Chitwan Rs. 15,000
  18. Contributed to Support Free White Can Distribution Program Organized by the Radio Mandala, Denmark Rs. 43,000
  19. Supported to establish Galkot News.com (Rs. 7,200) and Administration of Lions Club of Lanku International (Rs. 18,000) Rs.25,200
  20. Contributed towards construction of corridor to facilitate prisoner personal work in District level Jail, Chitwan Rs. 7,500
  21. Contributed to Drug Awareness Program Organised by Chitwan District Police Office Rs. 5,000
  22. Contributed to Dhrampath Tol Development Committee for area development Rs. 8,5000
  23. Supported to Food Distribution program for Chepang organized by the Laxmi Pritisthan Rs. 6,500
Why I would like to put candidacy as RC europe ?
Dear NRNS Friends and Well Wisher,
As you know I am associated with NRNA from the beginning. I am continuously working with you. In my several years’ involvement in NRNA, I got opportunities to learn developing a strategies and team building. Apart from this organization, I am also involved other social organization. I believe in team work. We have to develop strong team around the world which will continuously support NRNA and Nepal. We have to work hard to make stronger NRNA. The success of dream depends on the pre-set mission and vision with supported by objectives. I want to place myself candidate for Regional Coordinator, Europe Region, 2013-15. I am planned to fulfill mission and vision. I developed following objectives:
Expand NRNA NCC in Europe ,and Develop strong network of NCCs and common platform for Nepalis Diaspora
Promote NRNs and foreign investment for sustainable tourism development in Europe
Coordinate with INGO and NGO and well-wisher to support for rebuilding a Nepal
Coordination with our embassy to work together to solve the problems of Nepali
NRNs investment, Create an environment for joint venture between Nepalese investor and European investors to invest in Nepal
Join big hands for friendship between Nepalese associations in Europe
Create environment United whole ex executive with respect with together in NRNA
Improve our culture to organizing the meeting, Conference
Empower to youth involve in NRNA by organizing sports and culture programs in Europe
Encourage to establish each NCC own one social funds.
To support coordinating with embassy and NCC to promote our truism in Europe
To support to Nepal government to establish needy country establish embassy
To support Nepal government to open the door to Nepali worker in legal way to foreign employment In Europe.
Facilitate and support Nepali newly highly skill migrant people in Europe and Mobilize the knowledge, skills, capital and other resources of NRNs for the socio economic development of Nepal.
Support and protect the rights and interest of Nepalis residing In Europe.

Thank you

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com