एनआरएनए घानाको साधारण सभा द्वारा अध्यक्ष पदमा मिन बहादुर मगर निर्वाचित

विजय थापा ,वाशिंगटन डिसी भदौ २१,

घानाको राजधानी आकरामा एनआरएनए घानाको दोश्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभाले मिन बहादुर मगरको अध्यक्षमा सन् २०१५ -२०१७ का लागि नया कार्य समिति गठन गरेको छ ।

जसमा पदम राना उपाध्यक्ष ,बैकुण्ठ पौडेल महासचिब , दान बहादुर तामांग सचिब तथा कपिल खराल  कोषाध्यक्ष चयन हुनु भएको छ | त्यसै गरि प्रियाम्बदा जोशी महिला संयोजक , जगन नाथ पाठक युबा संयोजक र सदस्यहरुमा कृष्ण ठकुरी , गगन थापा ,रोशन श्रेष्ठ तथा होम बहादुर बुढामगर निर्बाचित हुनु भएको छ ।

साधारण सभाले घानाबाट आइसीसी सदस्यमा निबर्तमान अध्यक्ष डा हरिकृष्ण बाँस्कोटालाई पठाउने निर्णय गरेको छ |  सभाले अफ्रीका क्षेत्रिय संयोजक हिक्मत थापाले आइसीसी कोषाध्यक्ष पदमा दिनु भएको उम्मेदवारीलाई समर्थन गर्दै आबश्यक सहयोग गर्ने निर्णय समेत गरेको छ ।

सभाले गत बर्षको प्रगति बिबरण र आर्थिक विवरणलाई स्वीकृति  गर्दै नया कार्यकालका लागि योजना र बजेट समेत तर्जुमा गरेको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com