करिना कपुरले खेल्न अस्वीकार गरेका हिट फिल्म

एजेन्सी, मुम्बई, असोज ५ 

करिना कपुर बलिउडमा आफ्नो सुरुवाती उपस्थिति बेजोड होस् भन्ने चाहन्थिन् तर, त्यसको ठिक उल्टो भयो । उनले उनलाई प्रस्ताव गरिएका धेरै फिल्म लत्याइन जून पछि एकदमै हिट भए। उनले छोडेका यस्ता फिल्मको सूचि लामै छ जसमध्ये उनले छाडेका केही  चर्चित फिल्म यस्ता छन्:
 
कहो ना प्यार हैः सन् २००० मा ‘रिफ्युजी’ बाट डेब्यु गर्ने समयमा उनलाई ऋतिक रोशनको डेब्यु फिल्म ‘कहो ना प्यार है’ मा प्रस्ताव आएको थियो । उनले कहोना प्यार हैका निर्देशक राकेश रोशनको कुरा सुनिनन् र रिफ्युजी रोजिन् । पहिलो गाँसमै उनलाई ढुंगा लाग्यो । 'रिफ्युजी' फ्लप भयो भने 'कहो ना प्यार है' वर्षभरीकै सफल फिल्म रह्यो।
 
हम दिल दे चुके सनमः सन् २००० मा बलिउडमा डेब्यु गरेपनि करिनालाई एक वर्षअघि नै सञ्जयलिला भन्सालीले ‘हम दिल दे चुके सनम’ का लागि प्रस्ताव राखेका थिए । तर, उनले विविध कारण देखाउँदै लत्याएकी थिइन् । सलमान खान, अजय देवगन, ऐश्वर्या राय जस्ता कलाकारले अभिनय गरेका सो फिल्म पनि हिट भयो।
 
कल हो ना होः निर्माता करण जोहर ‘कल हो ना हो’ मा करिनालाई नायिका बनाउन चाहन्थे । शाहरुख खानले खेलेको उक्त फिल्ममा उनले खेल्न नमानेपछि प्रिति जिन्टालाई लिइयो । सो फिल्म पनि हिट रह्यो ।
फेसनः मधुर भण्डारकरको निर्देशनमा बनेको फिल्म ‘हिरोइन’ मा करिनाले मुख्य भूमिका निभाएकी छिन् । त्यसो त उनले ‘फेसन’ मा नै खेल्न प्रस्ताव राखेका थिए । उनले नमानेपछि प्रियंका चोपडाले सो भूमिकामा छानिइन् । प्रियंकाका लागि यो फिल्म नै ‘टर्निङ प्वाइन्ट’ बन्यो।
 
रामलिलाः ‘गोलियोंका रासलिला: रामलिला’ बाट दिपिकाले प्रशस्त चर्चा बटुलिन् । यदि दीपिकालाई लिनुअघि नै निर्देशकको प्रस्ताव स्विकारेको भए दीपिकाले पाएको चर्चाको ठाउँमा करिना हुन्थिन्।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com