रत्ननगर,२७ भदौ ,
शिशिर सिंखडा : पूर्वी चितवनको पदमपुर–८ मिलनचोकमा आज आइतवार निशुल्क झुल वितरण गरिएको
छ ।
सेवा अहिले नेपाल काठमाडौंको सहयोगमा सुकुम्वासीबस्तीका ३ सय घर
परिवारलाई लामखुट्टे बाट बच्नको लागि झुल वितरण गरिएको संस्थाका अध्यक्ष
अर्जुन ढकालले जानकारी दिए ।
कार्यक्रममा बक्ताहरुले सुकुम्वासी बस्तीमा
विभिन्न समस्याहरु रहेको बताउदै ती बस्तीमा सबै क्षेत्रबाट यथाशीघ्र सहयोग हुन
जरुरी रहेको बताएका थिए । कार्यक्रममा पदमपुर गाविस सचिव रमा आचार्य,सेवा अहिले
नेपालका अध्यक्ष अर्जुन ढकाल,सदस्य शोभा ढकाल,रेविका ढकाल तामाङ,चितवन
कोअडिनेटर इश्वर कुमार श्रेष्ठले मन्तब्य व्यक्त गरेका थिए ।
संस्थाले सोही
स्थानमा दुई हप्ता अगाडि दुई सय वटा झुल वितरण गरेकोमा झुलको माग
बढी भएको थाहापाई पुन झुल वितरण गरेको जिल्ला कोअडिनेटर श्रेष्ठले बताए
। सोही संस्थाले हिजो धादिङको घाटबेसी वडा नंं ४ चेपाङ बस्तीका ५० घर
परिवारलाई दिउसोको खाजा र विद्यार्थीहरुका लागि स्टेशनरी वितरण गरेको थियो ।
सेवा अहिले नेपाल काठमाडौले यस अघि विभिन्न विपन्न बस्तीमा रहेका विद्यालयका
विद्यार्थीहरुलाई स्टेशनरी,खाजा,पोसाक,जाडोमा लगाउने कपडा र भूकम्प
पिडितहरुलाई पनि खाद्यान्न वितरण गरेको थियो ।