एनआरएनएको कोषाध्यक्ष पदमा हिक्मत थापाको उम्मेदवारी घोषणा

विजय थापा ,वाशिंगटन डिसी भदौ १६,

गैर आबासिय नेपाली संघको आगामी  अक्टोबरमा काठमाडौँमा हुने विश्व सम्मेलनमा सन् २०१५ -२०१७ को अन्तराष्ट्रिय  कार्य समितिको लागि अफ्रीका क्षेत्रिय संयोजक हिक्मत थापाले कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारीको घोषणा गरेका छन् ।
    
एनआरएनए नाइजेरियाका सस्थापक अधक्ष्य थापा यस अघि दुई कार्यकाल अफ्रिकाको  क्षेत्रिय संयोजक रही सकेका छन् । अफ्रीका महादेशमा एनआरएनएको बिस्तारमा थापाले महत्वपूर्ण भूभिका खेलेका छन् । थापा एन आरएनएका  विभिन्न समिति ,उपसमिति र कल्याणकारी परियोजनाहरुमा  समेत सदस्य रही सक्रिय योगदान दिई  रहेका छन् ।

बिषेशत अफ्रिकी मुलुकहरुमा दुख पाएका नेपालीहरुको उद्दार कार्य र अफ्रीका बाट नेपालमा कल्याणकारी र मानबिय सहयोग संयोजन गरि पठाउनमा थापाको योगदान रहेको छ | सन् २००७ देखि एनआरएनए अभियानमा थापा सक्रिय छन् ।
    
थापाले  एनआरएनएलाई बैदेशिक रोजगारमा रहेका नेपालीहरुका समस्यामाथि बढी केद्रित र उनीहरुको सहभागिता बढाउने तर्फ सहज गर्न  पहल  गर्ने , नेपालमा बैदेशिक लगानी भित्र्याउन एनआरएनए  लाइ सस्थागत सहजीकरण केन्द्रको रुपमा  बिकसित गर्ने तर्फ आफ्नो प्रयास रहने बताए ।

पुर्खौली घर सुदुर पश्चिम अछामका थापा टिकापुरमा निवासी हुन् । धरान हात्तिसारबाट खाध्य प्रबिधि मा (बिटेक ) गरेका थापा ९ बर्ष देखि अफ्रीकाको सबै भन्दा ठुलो ब्यबसाय तथा उद्योग डनगोटे समुहका महाप्रबन्धक छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com