मानवनिर्मित किड्नी जनावरमा सफल प्रत्यरोपण

एजेन्सी असोज ६,

मानवनिर्मित किड्नीको जनावरहरुमा सफल प्रत्यरोपण भएको भन्दै मानवमा पनि प्रत्यारोपण गर्न सकिने कुराको नजिक पुगेको बैज्ञानिकले दावी गरेका छन् । प्रयोगशालमा विकसित किड्नी मुसा र सुंगुरमा प्रत्यारोपण गर्दा राम्रोसँग काम गरेको र स्वभाविक रुपमा पिसाब प्रवाह भएको उनीहरुले बताएका छन् ।

यसअघिका नमुना किड्नीमा पिसाब प्रवाहमा समस्या देखिएको थियो । किड्नी सञ्चालन गर्न हावा दिनु परेको थियो । तर, अव यो हावा दिनुपर्ने झन्झट पनि हटेको छ । किड्नीमा जम्मा हुन सक्ने संग्रहलाई रोक्न थप ‘पलम्बिङ’को विकास गरेर जापानी समूहले यो समस्या सदाका लागि समाधान गरेको दाबी गरेका छन् ।
बर्षौं परीक्षणपछि अनुसन्धानले मानिसका लागि किड्नी बनाउने अन्तिम लक्ष्यतर्फ आफू अघि बढेको विज्ञहरुले बताएका छन् ।

वेलायतमा ६ हजार बढी मानिसहरु किड्नीका लागि व्यग्रतापूर्वक पर्खिरहेको बताइन्छ । तर, किड्नी दान गर्ने मानिसहरुको अभावका कारण हरेक वर्ष मुश्किलले ३ हजार भन्दा थोरै मानिसहरुले यसको प्रत्यारोपण गरेको पाइन्छ । प्रत्यारोपण कुर्ने क्रममा प्रतिबर्ष ३ सय ५० भन्दा बढी मानिसहरुको मृत्यु हुने गरेको छ । स्टम सेल प्रयोग गरी विकसित गरिएको यस किड्नी प्रत्यारोपणले विद्यमान किड्नी समस्या समाधान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

डा तकशी योको र टोकियोस्थित जिकी युनिर्भसिटी स्कुल अफ मेडिसिनका डाक्टरहरुले यस स्टम सेल (बिरुवा र जनावको कोष ) प्रविधिको प्रयोग गरेका हुन् । तर, जनावरका लागि मात्र केबल एउटा किड्नीको विकास गर्नुका अतिरिक्त पिसावलाई संग्रह र भण्डारण गर्नका लागि ब्लाडरसँगै उनीहरुले एउटा निकास ट्युबको विकासको प्रयत्न समेत गरेका थिए ।

जब उनीहरुले नयाँ किड्नीलाई र जनावरको विद्यमान ब्लाडरसँग जोडे, प्रणालीले सफल कार्य गरेको थियो । प्रत्यारोपण गरेको किड्नीबाट पिसाव प्रत्यारोपित व्लाडरमा प्रवाह भएको थियो । यो प्रक्रिया त्यसपछि मुसामा अपनाइयो । वैज्ञानिकहरुले ८ सातापछि पुनः परीक्षण गर्दा पनि प्रत्यारोपणले काम गरेको थियो ।

त्यसपछि सो विधिलाई सुंगुरमा प्रयोग गरिएको थियो र त्यसले पनि सोही परिणाम देखाएको थियो । ‘यो एउटा रोचक कदम हो । विज्ञान प्रभावकारी देखिएको छ । अनुसन्धानको परिणाम जनावरहरुमा राम्रो देखिएको छ,’ युनिर्भसिटी लन्डनका प्राध्यापक क्रिस मासनले भने ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com