जाजरकोटका विद्यार्थीले मागे प्रभावकारी स्वास्थ्य सेवा

रासस,
जाजरकोट, १९ भदौ ,

जिल्लाका विद्यार्थीले किशोरकिशोरी मैत्री शिक्षण संस्था र प्रभावकारी स्वास्थ्य सेवा हुनुपर्ने माग गरेका छन् ।

जिल्ला शिक्षा कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयमा ज्ञापनपत्र बुझाउँदै विद्यार्थीले जाजरकोटका विद्यालय किशोरीकिशोरी मैत्री नहुँदा आफूहरुले धेरै दुःख पाएको भन्दै त्यो समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका छन् ।

विद्यार्थीले महिनावारी हुँदा विद्यालय नै छोड्न अवस्था आउने भन्दै समस्या समाधानका लागि कम्तीमा निमावि तहदेखि नै सेनेरिटरी प्याडको व्यवस्था गरिनुपर्ने बताएका छन् । किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा लागू भएका स्वास्थ्य संस्थाका सबै कर्मचारीलाई किशोरकिशोरी मैत्री सेवा, परामर्श र तालिमको व्यवस्था गरिनुपर्ने माग उनीहरुले गरेका छन् ।

विद्यालय र स्वास्थ्य संस्था एकै समयमा खुल्ने र बन्द हुने भएका कारण आफूहरुले स्वास्थ्य सेवा नपाएको भन्दै उपयुक्त समयमा स्वास्थ्य सेवा दिन आग्रहसमेत उनीहरुले गरेका छन् ।

सरकारले तोके बमोजिमका सबै सेवा स्वास्थ्य संस्थामा पाइनुपर्ने र गोपनीयताको महसुस गराउनुपर्ने विद्यार्थीको माग रहेको छ ।

निमित्त जिल्ला शिक्षा अधिकारी मानबहादुर गिरीले विद्यार्थीका माग सबै जाहेज भएका कारण व्यापक छलफल हुने बताए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com