चेपाङ्ग महिलामा सुत्केरी गराउन स्वास्थ्य संस्था जाने क्रम बढ्यो

रत्ननगर भदौ २३,

सुत्केरी व्यथाले च्यापेपछि घारी वा वनतिर जाने चलन रहेको चेपाङ समुदायका महिलामा अहिले सुत्केरी गराउन स्वास्थ्य संस्था जाने क्रम बढ्न थालेको छ ।

सामाजिक चेतनामा वृद्धि भएकाले उनीहरुको स्वास्थ्य संस्थाप्रति आकर्षण बढेको हो । केही चेतना बढे पनि अझै प्रभावकारी नभएको चितवन शक्तिखोरका अगुवा दलबहादुर चेपाङले बताए ।

चितवनको दारेचोक गाविसमा मात्रै गएको एक वर्षमा ९४ को सुत्केरी गराइएको थियो । त्यसमध्ये २३ चेपाङ महिला रहेको स्थानीय स्वास्थ्य चौकीकी सिनियर अनमी पम्फा घर्तिमगरले जानकारी दिए ।

अघिल्ला वर्षमा उनीहरुको आउने क्रम न्यून भए पनि पछिल्ला वर्षमा भने बढ्न थालेको उनले बताए । अन्य सामान्य ज्वरो, रुघाखोकी हुँदा समेत चेपाङ समुदाय स्वास्थ्य संस्थामा आउने गरेको स्वास्थ्य चौकीले जनाएको छ । चितवनको पहाडी नौ गाविसमा बढी चेपाङको बसोबास छ । जिल्लामा ३५ हजारको हाराहारीमा चेपाङको जनसङ्ख्या छ ।

सुत्केरी हुन नसकेर अकालमा ज्यान जाने गरेका खबर बेलाबेलामा आउने गरेको छ । तर पछिल्लो समयमा भने अस्पताल आउने क्रम बढेको छ । तर ठूलो संस्थामा जानु प¥यो भने चाहिँ पैसा अभावले नजाने गरेको अनुभव गाउँका स्वास्थ्य चौकीको छ । “जे हुन्छ यहीँ उपचार गरिदिनुप¥यो भन्छन्, अझ हामी कर्मचारीसँग पैसा माग्छन्, कसरी सम्भव हुनु”– पम्पाले भनिन्।

श्रीमायाँ चेपाङ पनि छ पटक भयो स्वास्थ्य संस्था पुगेको छ । पहिले आफ्नो पालामा उहाँले बच्चा जन्माउँदा अस्पताल धाउनु परेन । अहिले भने उनी आफैँ बिरामी छोरी कोपिला चेपाङलाई लिएर अस्पताल आएकी हुन् । उनले अहिले अस्पताल नगए कुनै रोग नै निको नहुने बताइन् । रासस 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com