विजय थापा ,वाशिंगटन डिसी भदौ १५,
वाशिंगटन डिसी महानगर क्षेत्रमा धर्म र संस्कृतिको रक्षा गर्ने मूल नाराको
साथ स्थापना भएको डिसी नेपाली समाजले बिगतका बर्षहरुमा झैँ २०७२ सालको
जनैपूर्णिमा बिशेष भब्यताको साथ सम्पन्न गर्न सफल भएको छ।
डिसी महानगर क्षेत्र सेरोफेरोका श्रद्धालु भक्तजनहरुका लागि गत अगस्त २९
तारिख शनिबार जनैपूर्णिमा वैदिक विधिअनुसार जनै तथा रक्षाबन्धन पूजन एबम्
धारणको कार्यक्रम बिहान देखि साँझ सम्म चलेको थियो।
यस् बर्ष नेपालमा गएको बिनाशकारी महा भुकम्पमा परी ज्यान गुमाउनु भएका
आत्माहरुको चीर शन्तिको कामना एबम् घाइते भएका सम्पूर्णमा शीघ्र स्वास्थ्य
लाभको कामनाका लागि शान्ति यज्ञ एबम् दीप प्रज्वलन समेत गरिएको थियो । उक्त
कार्यको लागि यज्ञ बनाईएको थियो भने उक्त यज्ञ ५ जना पण्डितहरुले गरेका
थिए।
झन्डै दुई हजार जनाको लागि क्वाटी ,पुलाउ र गर्मि भएकोले फलाहार पनि
खुवाउने व्यवस्था गरिएको भए पनि पन्ध्र सय भन्दा ज्यादालाई खुवाईएको
जानकारी समाजका उपाधक्ष्य दधिराम ढुंगानाले दिए।
संस्थाका सचिब कमल पोख्रेलले धर्म र संस्कृतिको रक्षा गर्ने मूल नाराको साथ
स्थापना भए पनि गत बर्ष देखि संस्थाले नेपाली समुदायका बालबालिकाहरुका
लागि भाषा कक्षा शुभारम्भ गरेकोले सस्थाको उद्देश्यमा भाषालाई समेत
प्राथमिकता दिदै धर्म ,संस्कृति र भाषालाई मुख्य नारामा जोडेको बताए।
संस्थाका सभापति अरुण रुपाखेतीले जनै तथा रक्षाबन्धन संस्थाले पाचौ पटक
मनाएको भन्दै चाड पर्वमा नेपाली समुदायको बाक्लो उपस्थितिले हामी अझ
उत्साहित भएको बताए।
डिसी महानगर क्षेत्रका प्रसिद्ध पण्डित राजेन्द्र खनालले आउने सबैलाई जनै
लगाई दिनुको साथै रक्षाबन्धन पूजन ,शान्ति यज्ञ तथा अन्य पूजा अर्चना गरेका
थिए।