हलिवुडको रातो गलैचामा हिड्न पाउनु अहोभाग्य हो : नायिका तथा निर्मात्री ,ऋचा घिमिरे

वाशिंगटन डिसी भाद्र २,

विजय थापा  : अमेरिकाको क्यालिफोर्निया राज्यको सनफ्रान्सिस्को सन जोसमा भएको फेस्टिबल अफ ग्लोबमा नायिका तथा निर्मात्री ऋचा घिमिरेलाई पशुपतिनाथको यात्रा सिद्राको व्यापार जस्तै भएको छ ।

आफुले बनाएको र आफैले अभिनय गरेको तुलशी चलचित्र  फेस्टिबल अफ ग्लोबमा महोत्सवमा प्रदर्शन गरिनुको साथै हलिवुडको रातो गलैचामा हिड्ने मौका समेत पाएकोमा सौभाग्यशालि भएको बताएकी छिन् ।

३ दिन सम्म अहोरात्र महोत्सवमा ब्यस्त भै क्यालिफोर्नियाबाट बाल्टिमोर फर्किएकी छिन् । ऋचाले भनिन हलिवुडमा हुने यस्तो बिशाल कार्यक्रममा नेपाली कलाकार तथा नेपाली चलचित्रले सहभागी हुन् पाउनु नै गर्वको बिषय हो भनिन ।

नेपालमा पनि रातो गलैचा तथा निला गलैचामा हिड्ने अवसर पाएको थिए तर सनफ्रान्सिस्को रातो गलैचामा अर्कै मज्जा हुने रहेछ भनिन ।

नेपालीहरुको लागि यो पहिलो अवसर हो भन्दै आफुले धेरै पछि जुत्ता अलिक एडी भएको लगाएर ३ घण्टा सम्म हिड्दा पनि थाहा नै पाईन छु ऋचाले भनिन ।

एडी भएको जुत्ता लगाउने अलिक बानी छुटेकोले खुट्टा सुन्निएको पनि थाहा नै भएनछ हास्दै ऋचाले भनिन । अत्यन्तै आनन्दको अनुभूति भै जता हेर्यो उतै राम्रा मानिस तथा विश्वका विभिन्न मुलुकबाट आएका कलाकारहरुको जमात देखिन्थो भन्दै समय काटेको थाहा नै भएन भनिन ।
आयोजकले ५ तारे अतिथि गृहमा हामीले बसाउनु र अत्यधिक विलासिताको गाडीमा लिमोजिन बाट ओहोर दोहोर समेत गराई दिएको बताईन ।

ऋचाले भनिन सानोमा रातो गलैचामा हिडेको देखेको तर आफु स्वयम्ले अस्कार तथा ग्रामि विश्व प्रसिद्ध पुरस्कारमा गएको जस्तो अनुभूति गर्न पाउदा ज्यादै हर्ष लागेको बताईन।

नेपाली कलाकारलाई यो ठुलो प्राप्ति हो भनिन l नेपाली कलाकारको प्रस्तुति ,सहभागिता तथा सम्मानले ठुलो हौसला मिलेको बताईन ।

उनका साथमा नेपाली चलचित्रका नायिका केकी अधिकारी ,नन्दिता केसी ,तथा अन्य कलाकार हरु पनि रातो गलैचामा संगै हिडेको बताईन ।

कलाकार भएकोले यस्तो ठुलो कार्यक्रममा सहभागी हुन् पाएकोमा आफ्नो सपना साकार भएको र यसले आफुलाई उत्प्रेरणा गरेको बताईन ।

उनले भनिन क्यालिफोर्निया जादा आफुले २ जना सन्तानलाई आमा श्रुति दाहाललाई जिम्मा लगाएर गएको थिए । र मेरो श्रीमान शंकर घिमिरे बाट ठुलो सहयोग प्राप्त भयो । यसरि नेपाली समुदाय को प्रतिनिधित्व गर्ने अवसर पाए त्यसैले आमा तथा श्रीमानलाई धन्यबाद दिन चाहेको बताईन । 

बिशेष धन्यब्द तथा कार्यक्रममा नेपाली चलचित्र तथा कलाकारलाई अवसर प्रदान दिलाई दिने र तारतम्य मिलाउने प्रकाश थापा लाई पनि धन्यबाद दिन चाहेको बताईन ।

गत अगस्ट ७ देखी १६ सम्म भएको उक्त महोत्सव मा ३० देशका २५० वटा फिल्म प्रदर्शन गरिएको थियो भने महोत्सव मा हलिउडका तथा बलिउडका प्रख्यात कलाकारहरुको उपस्थिती रहेको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com