नेपाली चलचित्र स्काउटको प्रथम प्रदर्शन अमेरिकाको कोलोराडोमा हुने

वाशिंगटन डिसी साउन २५,

विजय थापा : नेपाली चलचित्र स्काउटको प्रथम प्रदर्शन (प्रि मियर सो ) अमेरिकाको कोलोराडोमा आउदो अगस्त २२ तारिख हुने भएको छ ।

 चलचित्रको छायांकन काठमाडौँ ,चितवन तथा हेटौडाका विभिन्न स्थान गरिएको छ । उक्त चलचित्र प्रथम प्रदर्शनको लागि अमेरिकाको कोलोराडोमा साईत जुरेको चलचित्रका नायक नवराज श्रेष्ठले दिएका छन् ।

स्काउटहरु बहादुर हुन्छन ,स्काउटहरु अगाडी बढे पछि पछाडी फर्किन जान्दैन l शत्रु संग अगाडी बढे पनि मरिने र पछाडी फर्के पनि मरिने छ भने पछाडी फर्केर मर्नु भन्दा अगाडी बढेर शान संग मर्नु पर्छ भन्ने चलचित्रले दिन खोजेको सार भएको कलाकार श्रेष्ठले बताए ।

उक्त चलचित्र अमेरिकी राष्ट्रपति ओबामाका सल्लाहाकार समितिका सदस्य सन्जीता प्रधानबाट नेपाली चलचित्र स्काउटको प्रथम प्रदर्शनीको उद्घाटन पनि हुने जनाईएको छ ।

चलचित्रको स्काउटको प्रथम अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कोलोराडो शाखा अमेरिकाको आयोजनामा गरिने छ भने चलचित्रमा रातो गलैचा सहित प्रदर्शन हुने भएको छ ।

सोहि चलचित्रको रातो गलैचा को बिशेष प्रदर्शनीमा साबुरवीको हे आमा....... बोलको गीतको सांगीतिक श्रब्य दृष्य (म्युजिक भिडियो )को पनि सार्बजनिक हुने भएको छ  । 

गोबिन्द गौतमको निर्देशन ,मधु कुमार श्रेष्ठको निर्माणमा बनेको चलचित्रमा नायक नवराज श्रेष्ठको जोडीको रुपमा नायिका गरिमा पन्त रहेकी छिन् ।

उक्त चलचित्र कोलोराडोको एएमसी चलचित्र मन्दिरमा प्रदर्शनी हुने भएको छ भने टिकट दर $ १० राखिएको छ । ६ बर्ष मुनिका बालबालिकालाई निशुल्क प्रवेश गरिएको छ भने चलचित्र हेर्न डिसी तथा न्युयोर्क बाट पनि बिसेष व्यक्तिहरु आउनु हुने भएको जानकारी दिइएको छ ।

नायक नवराज श्रेष्ठको स्काउट दोश्रो चलचित्र हो भने उनको पहिलो नेपाली कथानक चलचित्र गुडलक चलचित्र पनि कोलोराडो मा नै प्रथम प्रदर्शन भएको थियो l उक्त चलचित्रमा सिर्जना बस्नेत नायिका रहेकी थिइन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com