कोरियाबाट सुरु भएको परोपकारी सँस्था 'सेवक नेपाल ' ले पायो वैधानिकता

किशन गौतम, दक्षिण कोरिया भदौ १४,

दैवी प्रकोप ,द्धन्द ,पारिवारिक तिरस्कार तथा अन्य कारण बाट आफ्नो अबिभावक गुमाई अनाथ ,असाहय र बेसहारा बन्न पुगेका ति कलिला बालबालिकाहरु जसको यो संसारमा बाच्ने कुनै सहारा नै छैन, त्यस्ता असायाहरुलाई थोरै भएपनि साहारा दिई ,एउटा मानिसले पाउने जन्मसिद्ध अधिकार प्रदान गरि उनीहरुको जीवन स्तरलाइ माथि उठाउन केहि गरौ भन्ने उदेश्यका साथ राष्ट्रिय अभियानको रुपमा सन् २०१३ जुन २० तारिखका दिन कोरियाली भूमिबाट शुरु गरिएको "अनाथ बालबालिका संरक्षण कोष "(Care For Orphan Child)" हाल आएर "सेवक नेपाल" नामक संस्थाको रुपम नेपाल सरकार बाट बैधानिक मान्यता प्राप्त गरेको छ । अब यो संस्थाले बैधानिक मान्यता पाएसंगै नेपाल सरकारको नियम कानुन र बैधानिकता भित्र रहेर अझै स-सक्त रुपम काम गर्नु पर्ने थप जिम्बेवारीहरु पनि बढेर गएको छ ।

पहिलो पटक कोरियाली भुमिमा नेपाली साइकल यात्री लाई यस संरक्षण कोषका अभियान्ता बुद्द गौतमले एक्लै सहयोग गरिरहेको अबस्थामा अर्का अभियान्ता नुवाकोटका शिब प्रसाद भट्टले दुई लाख कोरियन वोन संकलन गरि बुद्द गौतमलाइ सहयोग गर्दा यो रकम बाट कुनै कोष खडा गरौ भन्ने भावनाले स्थापना गरिएको यो संस्था हालका दिनमा आएर नेपाल, इजराइल, अष्ट्रेलिया आदि मुलुकहरुमा ५२ जना सक्रिय अभियान्ता र त्यो भन्दा धेरै सहयोगी हरुपनि रहेका छन् ।

यस संस्थाको कोषमा हाल सम्म नेपाल, कोरिया, इजराइल तथा अस्ट्रेलिया आदि मुलुकहरु बाट जम्मा हुन आएको करिब अठार लाख नेपाली रुपैया मध्य केहि रकम बाट नेपालका इलाम ,रामेछाप ,काभ्रे र सप्तरी जिल्लाका करिब १० जना अनाथ बालबालिकाहरुलाई शिक्षा दिक्षा आदिको लागि छात्रवृत्ति स्वरूप कापी ,कलम, स्कुल ड्रेस. शिक्षा शुल्क आदि प्रदान गरिसकेको छ । यसै सन्दर्भमा हाल कोरियामा कार्यरत यस संस्थाका सक्रिय अभियान्ता काभ्रेका गोविन्द गौतम भन्दछन ",यो त एउटा सानो खुड्किलो मात्र हो, हाम्रो अभियान भनेको भोलि गएर बृहत रुपमा नेपालभरिकै सबैभन्दा ठुलो बालगृह संचलान गरि दिगो रुपमा अनाथ र असहाय बालबालिका हरुलाई सम्रक्षण दिलाउनु हो । हामि यो संस्थालाइ बालबालिकाको क्षेत्रमा एशियाकै एउटा नमुना संस्था बनाउने लक्ष्यका साथ अभियानमा लागेका छौ । आउनुहोस् यस्तो पबित्र कार्यको लागि हातमा हात मिलाएर सबैजना जुटौ ,प्रबासमा रहेर पनि केहि गरौ । तपाई हरुको सानो सहयोगले आज पिडामा छटापटाईरहेका ति स-साना बालबालिका हरुकलाइ थोरै भएपनि मल्हम पट्टि लगाउन सकिने छ " ।

त्यस्तै अर्का सक्रिय अभियान्ता कोरीयामै कार्यरत गुल्मीका उप्रेन्द्र अर्याल भन्दछन "अनाथ बालबालिका सम्रक्षण कोष "हाल को सेवक नेपाल" शुरुका दिनहरुमा मात्र कोरियामा रहेका ५/६ जना साथीहरु मिलेर निस्वार्थ भावनाका साथ खोलिएको एक पबित्र संस्था थियो भने अहिले आएर बैधानिक रुपमा" सेवक नेपाल" को नामले परिचित हुदै ५० जना भन्दा धेरै अभियन्ता र थुप्रै सहयोगीहरु बनिसकेको सन्दर्भमा अब यसको लक्ष्यहरुपनि पनि विस्तारै फराकिलो हुदै गैरेहेको छ । यो एउटा बिशुद्द बालबालिकाको क्षेत्रमा काम गर्ने परोपकारी संस्था हो । हाम्रो मुख्य लक्ष्य भनेकै कोहीपनि अनाथ र असहाय बालबालिकाहरुले उनीहरुको जन्मसिद्ध अधिकारहरु जस्तै खाने, बस्ने, लगाउने ,शिक्षा ,स्वास्थ्य मनोरंजन आदि कुराबाट बन्चित हुन नपरोस भन्ने नै हो । एउटा अबोध बालक लाइ उसको जन्मसिद्ध अधिकार दिलाउनु के तपाई हामी जस्ता एक सबल व्यक्तिको दाहित्व होइन र ? हामी मात्र आफ्नो बालबच्चा को हेरचाहा गरेर सिमित रहने त ? पक्कै पनि होइन, हामी एक बिबेकशील प्राणि हौँ हामीमा मानवता पक्कै छ । तसर्थ आदरणीय बिबेकशील बुद्दिजीवी साथीहरु ,आनुहोस तपाइँ हामी एकदिन बसेर खाने पैसा ति स- साना कलिला बालबालिका को हकहितको लागि खर्च गरौ "।

कोरियालाइ आफ्नो कर्मभूमि बनाउदै ,स्थापना काल देखिनै सक्रिय अभियान्ता को रुपमा रही सदा सर्बदा आफुलाई बालबालिकाको हकहितमा समर्पित गर्दै आइरहेका रामेछाप जिल्ला निवासी बुद्द गौतम को विचार मा "हामी आफ्नो कमाइ बाट थोरै थोरै रकम ति अनाथ बालबालिका को निम्ति झिकियो भने हाम्रो लागि पनि त्यति खासै फरक नपर्ने र अनाथ बालबालिकाको लागि ठुलो सहयोग हुने छ । तपाई हाम्रो छरछिमेकमै पनि सधै देखिरहेको कुरा हो , ति स-साना अबोध बालबालिकाहरु जसको आफ्नो भन्नु यो संसारमा कोहीपनि छैन आज उनीहरु भोकभोकै बाचिरहेका छन् । एउटा चौपायाँ भन्दा पनि गएगुग्रिएको जीवन बिताउन बाध्य छन् । सबै को हेला भै ' छि- छि र दुर- दुर ' को जीवन बिताइरहेको अवस्था छ । आज तपाई हाम्रो काँधमा एउटा ठुलो जिम्वेवारी थपिएको छ, आउनुहोस् सहयोगी र परोपकारी भावना जगाउनुहोस ति स- साना नानीबाबुहरुको लागि केहि गरेर देखाऊ यो एउटा बिबेकशील नेपालीहरुको कर्तब्य पनि हो ।''

उनि अगाडी भन्दछन । " यो संस्था कुनै NGO, INGO को रुपमा ढलेर बिदेशि डोनररुबाट सहयोग लिदै आफु घुम्ने कुर्सीमा हल्लिएर भोगी विलासी जिबनमा रम्ने नभई हामि आफु आफु बाटै केहि गरौ भन्ने उदेश्य र भाबनाका साथ् चालु गरिएको एउटा राष्ट्रब्यापी अभियान भएकोले यसमा को अगाडी को पछाडी, को ठुलो को सानो भन्ने नै हुदैन न कि तेरो योगदान यति मेरो योगदान यति भन्ने नै रहन्छ, यो त कुन पहाड कुन तराइ कुन मधेस केहि नछुट्याई समग्र देशकै एक समाबेसी र परोपकारी अभियान भएर रहनेछ । यस अभियानलाई अझ बृहत रुपमा फैलावट गरेर देशका हरेक गल्लि गल्लीको फोहोरको डंगुरमा फ्याकेको जुठो भात टिपेर खान बिबश त्यस्ता बालबालिकाहरुको सहि परिचान गरि धेरै भन्दा धेरैलाई समेट्न सकौ भन्नको खातिर स्थापना गरिएको यो अभियान अहिले नेपाल, इजराइल हुदै अस्ट्रेलिया सम्म पुगीसको छ र आगामी दिन मा नेपालीहरु पुगेका हरेक मुलुकमा पुर्याई एउटा नमुना संस्थाको रुपमा विस्तार गर्दै लगिने छ ।

हामी संस्थाको आर्थिक पारदर्शितामा यति दृढ छौ कि शुरुका दीनदेखि नई हामीले यसलाई अत्यन्तै ब्यबस्थित र पारदर्शी बनाउदै आएका छौ र भविष्यमा पनि यो पारदर्शितालाइ निरन्तरता दिने हाम्रो संकल्प रहने छ । बीच बीचमा आइपर्ने विभिन्न प्रसासनिक खर्च हरु हाम्रो आफ्नै पकेट बाटै गर्दै आएका छौ । हाम्रो यो संकल्प हो कि अहलेसम्म जम्मा भएको कोष बाट जे जति खर्छ हुन्छ मात्र ति अनाथ र असाहय बालबालिकाको हितको लागि होस् । म फेरी पनि एउटा अनुरोध गर्न चाहन्छु कि यो एउटा कुनै आर्थिक लाभ उठाउने संस्था होइन, यो त केवल स्वच्छ भावनाले गरिएको परोपकारी काम मात्रै हो । हामीलाई तपाईहरुजस्ता बिबेकशिल व्यक्तित्वहरुको साथ ,सल्लाह र सुझाव को निकै जरुरि छ ।"

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com