विश्वभरका मानिसहरुको आयु बढ्दो

शनिबार भदौ १२,

एजेन्सी ; पछिल्लो समयमा विश्वभरका मानिसहरुको आयु बढिरहेको एक नयाँ अध्ययनले देखाएको छ । तर, धेरै मानिसहरु लामो समयसम्म रोगी भएर बाँचेको पनि अध्ययनमा उल्लेख छ । 

१ सय ८८ देशमा गरिएका मुख्य रोगहरुको अध्ययनको आधारमा यो निष्कर्ष निकालिएको हो । विश्वव्यापी रुपमा सामान्य स्वास्थ्यमा सुधार आएको पनि अध्ययनमा जनाइएको छ । यसको जस एचआईभी एडस र मलेरिया लगायतका संक्रमित रोगहरुबिरुद्ध भएका महत्वपूर्ण सुधार र मातृमृत्यु तथा बालबालिकाको रोगमा भएका उल्लेख्य सुधारलाई जाने बताइन्छ । ‘तर, स्वस्थ सरदर आयुमा भने वृद्धि हुन सकेको छैन ।
 
तसर्थ मानिहरु बर्षाैंदेखि विभिन्न रोग र अशक्त भएर बाँचेका छन्,’ लेन्सेट जर्नलमा प्रकाशित सो अध्ययनमा उल्लेख छ । ‘विश्वले स्वास्थ्यमा महत्वपूर्ण प्रगति गरेको छ । तर रोगबाट बच्न अथवा बिरामीको मुख्य कारण वा अशक्ततताको उपचारमा प्रभावकारीताका लागि लगानी महत्वपूर्ण चुनौती हो,’ वासिंगटन युनिर्भसिटीका प्राध्यापक थिओ भोस भन्छन् । महिला र पुरुष दुबैको सरदर आयु ६ दशमलब २ प्रतिशतले बढेको उल्लेख छ । सन् १९९० मा सरदर आयु ६५ दशमल ३ भएकोमा सन् २०१३ मा ७१ दशमलब ५ पुगेको छ ।
 
स्वस्थ सरदर आयु पनि ५ दशमलब ४ प्रतिशतले बृद्धि भएको छ । अध्ययन गरिएको १ सय ८८ मुलुकहरुमा सन् १९९० देखि २०१३ मा सरदर स्वस्थ सकरात्मक र महत्वपूर्ण रहेको अनुसन्धानकर्ताहरुले बताएका छन् । तर, सन् २०१३ मा वोत्सावाा र सिरियामा स्वस्थ सरदर आयु सन् १९९० को भन्दा पनि नाजुक रहेको बताइन्छ । युद्धको चपेटामा परेको सिरियामा युद्धका कारण १०औं लाख विस्थापित भएका छन् । युद्धका क्रममा हजाराँै मानिस घाइते भएका छन जसका कारण उनीहरुको सरदर बाच्ने आयु घटिरहेको छ ।
 
दक्षिण अफ्रिका, पाराग्वे, बेलारुसमा स्वस्थ सरदर आयु घटेको छ । लेसोथो र स्वाजिल्यान्डमा सन् २०१३ मा जन्मिएका मानिस २० वर्षअगाडि जन्मेका मानिसहरुको तुलनामा १० वर्ष कम बाच्ने अध्ययनले देखाएको छ। निकारागुवा र क्याम्बोडियनमा सन् १९९० पछि नाटकीय परिवर्तन आएको अध्ययनको निस्कर्ष छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com