बेलायति बिद्यालयमा मालाला बनिन् उत्कृष्ट

भदौ ५, 

सबैभन्दा कम उमेरमा नोवेल पुरस्कार पाएकी पाकिस्तानी किशोरी मलाला युसुफजाईले बेलायतका स्कुलको राष्ट्रिय परीक्षामा पनि आफूलाई उत्कृष्ट सावित गरेकी छन्। 

विद्यालयस्तरको ओ लेभलको परीक्षामा मलालाले ६ विषयमा ए प्लस र ४ विषयमा ए ग्रेड हासिल गरेकी छन्।
उनका बुवा जियाउद्दिन युसुफजाईले छोरीको सफलताले आफूलाई गर्व लागेको बताएका छन्। 

सन् २०१२ मा पाकिस्तानको स्वात उपत्यकामा अतिवादी तालिवान समूहले किशोरी शिक्षाको वकालत गरेको भन्दै मलालालाई गोली ह...ानेका थिए। उपचारका लागि बेलायत गएकी मलाला उतैको स्कुलमा पढ्न थालेकी हुन्।

उनी अहिले बेलायतको बर्मिंघममा रहेको ऐजवेस्टन हाइ स्कुलमा पढिरहेकी छन्। बालिका शिक्षाको बारेमा मलालाले गरेको कामको सम्मान गर्दै सन् २०१४ मा उनलाई नोवल पुरस्कार प्रदान गरिएको थियो। _ एजेन्सी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com