चेपाङ संरक्षण केन्द्रको सल्लाहाकार समिति

चितवन २१ साउन ,

होमनाथ सापकोटा : पूर्वी चितवनको रत्ननगर–१० मंगलपुरमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रको सल्लाहाकार समिति गठन गरिएको छ ।

बीर अस्पतालका नाक,कान,घाटी विभाग प्रमुख ढुण्डीराज पौडेलको संयोजकत्वमा १५ सदस्यीय सल्लाहाकार समिति गठन गरिएको हो । केन्द्रको आज बसेको आकस्मिक बैठकले सल्लाहाकार समिति गठन गरेको हो ।

समितिका सदस्यहरुमा उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष ज्ञानबहादुर विसुराल,महासचिव देबेन्द्रकुमार श्रेष्ठ,पत्रकारी ददी सापकोटा,कान्तिपुर दैनिकका मकवानपुर संवाददाता प्रताप विष्ट, व्यवसायी बालगोपाल चुके,धु्रब गिरी,भेषराज दुवाडी,पञ्चकन्या सामुदायिक वनका अध्यक्ष रामबाबु श्रेष्ठ,रत्ननगर नगरपालिकाका संस्थापक नगरप्रमुख नारायण वन,नेकपा एमाले रत्ननगर नगर अध्यक्ष प्रेमनाथ दुवाडी,नेपाली काँग्रेसका नगर सभापति रुपनराज घिमिरे,एनेकपा माओवादीका कृष्णप्रसाद सापकोटा,रोटरी क्लव अफ रत्ननगरका बरिष्ठ सदस्य जनकराज पौडेल र शिक्षासेवी एवम् साहित्यकार सरस्वती रिजाल रहनुभएको छ ।

केन्द्रको बैठकले केन्द्रको क्षमता विस्तार गर्नुका साथै पञ्चकन्या सामुदायिक वन र स्थानीयवासीहरु संग सहकारी गरी रत्ननगर नगरपालिका वडा नं.१० मंगलपुर क्षेत्रलाई सरसफाईमा नमुना योग्य बस्ती बनाउने प्रस्ताब पनि पारित गरेको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com