सिद्धिका भूकम्प पिडितलाई जस्तापाता सहयोग

रत्ननगर २१ श्रावण

शिशिर सिंखडा : चितवनको पहाडी गा.वि.स. सिद्धिका भूकम्प पिडित ३५ घरपरिवारलाई जस्ता सहयोग भएको छ ।
गत बैसाखमा गएको भूकम्पबाट घरबार विहिन भएका ३५ घरपरिवारलाई दुई बण्डल (१६ पाता) जस्ता सहयोग भएको हो । शक्तिखोर गा.वि.स. का निवर्तमान अध्यक्ष गोपी श्रेष्ठको पहलमा पिठुवा–७ घर भई जे. एन. डी. कन्सट्रक्सन नेपाल, काठमाडौका सञ्चालक जीवनाथ पन्त एवं पाल्देन पाउँ बुद्धिस्ट फाउण्डेसनका धर्मगुरु तथा प्रचारक पेमा लामा र सोनाम लामाको सहयोगमा सिद्धिका भूकम्प पिडितहरुलाई जस्तापाता सहयोग गरिएको हो ।
भूकम्प पिडित सम्बन्धित व्यक्तिले नै प्रत्यक्ष राहत पाउन भन्ने उद्देश्यले करिब ७ लाख रुपैयाको सो जस्तापाता उनीहरुलाई हस्तान्तरण गरिएको थियो । सो जस्ता हस्तान्तरण कार्यक्रममा शक्तिखोर गा.वि.स. का निवर्तमान अध्यक्ष गोपी श्रेष्ठ, सहयोगी दाता जीवनाथ पन्त, पेमा लामा, सोनाम लामा, सिद्धिका अगुवा चेपाङ दामाराम चेपाङ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com